नयाँ संशोधन प्रस्तावको विरोध गर्दै मोर्चाद्वारा संसद बैठक बहिष्कार

294

सरकारले सोमबार दर्ता गराएको संशोधन नयाँ प्रस्तावको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन्।

मंगलबार दिउँसो बसेको संसदको बैठकमा बोल्दै तमलोपाका नेता तथा सांसद कबल अहम्मद शाहले सीमांकनविनाको संशोधन प्रस्ताव स्वीकार्य नहुने भन्दै सीमांकनसहित संशोधन प्रस्ताव नआएसम्म संसद बैठक बहिष्कार गर्ने बताए। उनले बोलेसँगै मोर्चाका सांसदहरुले नाराबाजी गगर्दै संसद बैठकबाट बाहिरिएका थिए।

संशोधन विद्येयक दर्ताको बेला मौन रहेको मोर्चा प्रस्तावको छलफलमा समेत भाग लिएको थियो।

सरकारले सहमतिका लागि भन्दै पुरानो प्रस्ताव फिर्ता लिएर सोमबार नयाँ प्रस्ताव दर्ता गरेको थियो। प्रस्तावमा सीमाकंनसम्बन्धी विवाद आयोगमार्फत टुंगो लगाउने उल्लेख छ।