लोप हुन लागेका सुडालको जात्राले एस वर्ष पनि निरन्तरता पायो

1326

भक्तपुर
लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् बम्हायणी देवीको जात्रा यस वर्षपनि निरन्तरता दिईएको छ । लिच्छविकालिन राजा आनन्द देवको पालामा अवरुद्ध भएको सो जात्रा २०६९ साल वैशाख १ गतेबाट पुनः संञ्चालनमा ल्याईएको थियो । आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि जात्रा सञ्चालन गर्न कठिन भएपछि जात्रा रोकिएको संस्कृतविद्हरुले बताएका छन् ।
संस्कृती विद् पुर्षोत्तम लोचनश्रेष्ठका अनुसार सुडालमा अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर हुनुले यो स्थान धार्मिक दृष्टीकोणले उत्कृष्ठ रहेको स्पस्ट हुन्छ । यसका साथै भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा यस स्थानमा आयर पूजाआजा गर्नुपर्ने प्रचलन हाल सम्म रहनुले पनि यो स्थान प्राचिनताको प्रतिक रहेको स्पस्ट हुने उनी वताउँछन् ।
उनले भने नगदुर्गको मुकुटका लागि पनि सो स्थानको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट व्रम्हायणीको महत्व धेरै रहेको छ ।
ब्रम्हायणी जात्रा ब्यवस्थापन समिति अध्यक्ष सहदेव साखकर्मीका अनुसार विक्रम संवत ९३० मा लिच्छविकालिन राजा आनन्द देवको पाला देखि अवरुद्ध जात्रालाई नयाँ पुस्ताले सञ्चालन गर्नु आजको आवश्यकता भएकोमा जोड दिए । युवा पुस्ताले मात्र संस्कृतिको रक्ष गर्न सक्ने भन्दै उनले आगामी दिनमा भक्तपुरमा रहेका र लोप हुन लागेका सबै जात्रा तथा पर्वहरुको अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए ।

व्रम्मायणी र गणेशको खटलाई साविक सुडाल गाविसको वडा नम्वर २,३र ९ मा घुमाएर यो जात्रा मनाईदै आइएको छ ।