बार्दलीमा बसेका युवकको चट्याङ लागेर मृत्यु

365

इलाम,  देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।