समाजको विकृति विसंगतिहरुलाई कसरी हटाउने यो नै मेरो एक मात्र लक्ष्य हो

2280

राप्रपाका क्रियासिल नेता भक्तपुर सुर्यविनायक नगरपालिका निवासी प्रविन ढुंगेल सँग आसन्न स्थानिय निर्वाचनको विषयमा गरिएको कुराकानी ।
राजनीतिमा तपाइँ कसरी र कुन बेलादेखि लाग्नुभयो ?
देशमा जब २०६२÷६३ को आन्दोलनपछि कथित गणतन्त्रको उदय भयो । नारायणहिटीमा बसेको राजालाई केही टाउकेहरुको इगोको कारणले पाखा लगाउने काम भयो । जुन देशमा भइरहेको सनातन हिन्दू राज्यलाई परिवर्तन गरेर तथाकथित धमनिरपेक्षताको अवधारणा ल्यायो र पछि संघीयताको अवधारणाले अखण्ड नेपाललाई खण्डखण्ड बनाउने दुस्साहस गरे । त्यसको विरुद्धमा राप्रपा कमल थापाको नेतृत्वमा स्थापना भएको पार्टीमा म आवद्ध भएँ ।
म यही भूमिमा जन्मेको मान्छे, यही माटोसँग खेलेर बढेको मान्छे, नेपालमा जुन माटो र भूगोल सुहाउँदो जुन व्यवस्था हुनुपर्ने थियो, त्यो व्यवस्था नभएको समयमा राप्रपाले तीन वटा विचार बोकेको थियो, राजासहितको प्रजातन्त्र, सनातन हिन्दू राज्य र अखण्ड नेपालको एजेण्डा कमल थापाले बोकेका थिए । त्यो बेला म लगायत सूर्यविनायक नपाको धेरै भाइसाथीहरु यो विचारलाई सहयोग गर्नुपर्छ भनेर २०६२ सालदेखि राप्रपामा विचारको खातिर लागेको हुँ ।

त्योभन्दा अघि के गर्नुहुन्थ्यो ?
त्योभन्दा अघि म कुनै पार्टी र विचारसँग आवद्ध नभई सामाजिक काममा अग्रसरता लिएँ । राजनीतिक कामभन्दा सामाजिक काममा आफूलाई समर्पित गरेँ । समाजको विकृति,विसंगतिहरुलाई हटाउने काममा मेरो कारणबाट कसरी सहयोृग हुन सक्छ ? भन्ने विषयमा मचिन्तन गथेँ र त्यो विकृति विसंगति हटाउन कसरी नेतृत्व गर्दा हुन्छ भन्ने सोच्थेँ । त्यही अनुसार म भक्तपुर जिल्ला प्रत्यके गाउँ–गाउँमा पुगेँ । त्यस कारणले तत्कालिन भक्तपुरको १६ वटै गाविसका युवा वर्गले मलाई चिन्नुहुन्छ ।

भक्तपुर, अनि सूर्यविनायक नपावासीले तपाइँलाई कसरी चिन्छन् जस्तो तपाइँको आफ्नै मूल्यांकन छ ?
मैले राजनीतिक रुपमा, समाजिक रुपमा भक्तपुरका जुन जुन ठाउँमा काम गरेँ । मेरो काम नै मेरो परिचय हो जस्तो लाग्छ । यसर्थमा मेरो परिचय अन्यको तुलनामा पृथक छ । जस्तो चित्तपोलका मानिसहरुले मलाई एकजना सामाजिक व्यक्तित्वको रुपमा, नंखेलको समाजसेवीको रुपमा चिन्नुहुन्छ । त्याभन्दा बेगर सूर्यविनायकका अन्य क्षेत्रका मानिसहरुले युवा, समाजमा केही गर्छु भन्ने अठोटले अिघ बढेको व्यक्तिका रुपमा चिन्छन् । मलाई सामाजिक क्षेत्रमा विकृति, विसंगसति नसहने, त्यसको प्रतिकार गर्ने व्यक्तिको रुपमा चिन्छन् जस्तो लाग्छ ।

त्यो छवि कसरी बन्यो त ?
एक समयमा भक्तपुरमा गुण्डागर्दीको बिगबिगी र चकचकी थियो । यहाँसम्म कि मेरो आफ्नै ठाउँमा रहेको सडक विभागको अफिसमा काभ्रेका केही जमात गुण्डागर्दी गर्न आएका थिए । भक्तपुरमै पनि गुण्डाहरुको आतंक थियो । अझ कुनै कार्यालयहरुले विकास निर्माणको लागि टेण्डर आश्वान गर्दा चुल्थे, मुन्द्रे, जगल्टे स्वाभावका ५÷६ सय गुण्डाहरुको भेला हुन्थ्यो । त्यो कुरा मलाई पचेन । म आफू कटुञ्जेमा बस्ने व्यक्ति, मेरो आफ्नो ठाउँमा पनि मर्दहरु धेरै छन्, यो विभिन्न ठाउँबाट आएका गुण्डाहरुले गरेको रगरगी गरेपछि मैले आफ्नै ठाउँबाट नेतृत्व लिएर, घरलौरी युवालार्य आह्वान गरेर गुण्डागर्दीको अन्त्य गर्नुपर्छ भनेर लागेँ । भक्तपुरमा गुण्डा आउनुपर्दा बीसपट सोचोस् भन्ने तरिकाले मैले सोचेँ र त्यही अनुसार काम पनि गरेँ । त्यो बेला मैले एन्टीगुण्डा मुभमेन्ट नै चलाएँ, त्यसको प्रभाव निक्कै सकारात्मक रुपमा परेको छ ।

त्यसो गर्दा तपाइँमाथि पनि गुण्डाको आरोप लागेन त ?
पक्कै पनि लाग्यो, म आफू भने एन्टी गुण्डा मुभमेन्ट गर्ने तर पुलिस, प्रशासन अनि केही राजनीतिक दलहरु भने मलाई नै गुण्डा भन्ने पनि नभएको होइन, तर पनि समाजका विकृतिलाई हटाउनै पर्छ भन्ने मेरो अठोटले सहयोग गर्यो । त्यो बेला मैले कुन पदको लोभ गरिँन, कोहीबाट कुनै आर्थिक लाभ उठाइँन । भक्तपुरलाई अराजक बन्ने वातावरणबाट जोगाएँ ।

सामाजिक कार्यकर्ताबाट तपाइँ राजनीतिक कार्यकर्तामा रुपान्तरित हुनुभयो, स्थानीय तहको निर्वाचन पनि घोषणा भएको छ, चुनाव चाहिँ कत्तिको लागेको छ ?
धेरै वर्षपछि स्थानीय तहको निर्वाचन हुने तरखरमा छ । राजनीतिक कार्यकर्ता, पार्टीमा आवद्धता भएको नाताले जनताले आफ्नो अभिभावकत्व आफले छान्ने भएकाले म पनि अभिभावक बन्न सक्छु भनेर चुनावी अभिायनमा लागिरहेको छु । जनताको माझमा, जनतालाई भोलिको दिनमा कसरी सुशासन, समृद्धि दिन सकिन्छ भनेर अन्तरक्रिया गरिरहेको छु । राजनीतिक कार्यकर्ता भएको हिसाबले पनि चुनावले छोपेको अवस्था छ ।

चुनाव लागिसकेको अवस्थामा अहिलेको नेतृत्वबाट जनताले के चाहिरहेका छन् ? तपाइँ जनतासँग घुलमिल भएको हिसाबले के देख्नुभो ?
जनताले कार्यान्वयन पक्षलाई एकदमै सुक्ष आँखाले हेरिरहेका छन् । नेपालमा जति नीति, नियम बन्छ, कार्यान्वयन भने भएको छैन। त्यही भएर जनतालाई यस्तो किसिमको एकजना नतेत्वकर्ता चाहिएको छ, जो मान्छेले नीति पनि बनाओस् र त्यसलाई एकदमै छिटो तवरमा कार्यान्नवयमा ल्याओस् । कार्यान्वयन पक्षमा भएको ढिलासुस्तीबाट जनता दिक्क छन् । कार्यान्वयन पनि नियमवद्ध छैन । यसैले बनेका नीति कार्यान्वयन गर्न सक्ने व्यक्ति आओस् भन्ने चाहिरहेका छन् । इच्छाशक्ति भएको नेतृत्व त्यो तहमा पुगोस् भन्ने चाहिरहेका छन् ।

तपाइँ पनि सूर्यविनायक नपाको मेयरको आकांक्षी हुनुहुन्छ, यसहिसाबले जनताले खोजेको त्यो खालको नेतृत्व सीप तपाइँमा छ ?
हुन त हाम्रोबाट काँग्रेसमा, एमालेमा, माओवादीमा लागे तर तिनीहरु अहिले पुनः हामीहरुतिरै आइरहेका छन् । मलाई धेरैले प्रवीण दाइ गर्न सक्ने खुबी भएको मान्छेका रुपमा लिएका छन् । प्रवीणलाई जिताएको खण्डमा सूर्यविनायक नपाको भविष्य छ र हामी युवा मातको भविष्य पनि छ भन्ने सोचले म आफूूले आफूलाई अरु पार्टीको दाबेदारभन्दा उचाइ भएको व्यक्तिको रुपमा लिएको छु र भोलिको दिनमा पार्टीप्रति सकारात्मक नतिजा आउनेमा ढुक्क छु ।

सूर्यविनायकमा राप्रपा नेपालको स्थिति कस्तो छ ?
सूर्यविनायकमा अरु पार्टीभन्दा एकदम बलियो उम्मेद्वार छ । हाम्रो जीत शतप्रतिशत छ ।

कसरी ठोकुवा गर्न सक्नुहुन्छ ?
हामी पार्टीगत, पार्टीमा अरुभन्दा १०÷१५ प्रतिशत कम नै छौं । साँगठनिक शक्तिमा काँग्रेस, एमालेभन्दा हामी कम छौं, तर यो स्थानीय तहको चुनाव हो । यो चुनाव भनेकोको विचारलाई स्थापित गराउने चुनाव होइन, यो त विकास र सक्षम व्यक्तिलाई स्थापित गराउने चुनाव हो । त्यस आधारमा अरु पार्टी, काँग्रेस एमालेलाई कुनै ठाउँमा छिर्नुपर्दा संगठनलाई गुहार्नुपर्छ भने हामीसँग त्यो अवस्था छैन ।

जनताले खोजेको विकासका लागि तपाइँसँग त्यस्तो भिजन के छ ?
मेरो भिजन भनेकै सूर्यविनायकको भूगोल हो । यो नपालाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिन्छ । नेपालकै नमूना नपा बनाउन सकिन्छ । यहीँको वस्तुस्थिति र भूगोललाई आधार मानेर यो नपालाई नेपालको राम्रो धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । आन्तरिक पर्यटकलाई प्रवद्र्धन गरी त्यसैको आम्दानीलाई समानुपातिक तवरले वितरण गरेर समृद्ध सूर्यविनायक बनाउन सकिन्छ ।
यहाँ प्रशस्त ठाउँ छ, सम्भावना छ तर काम गरेको अवस्था भने छैन । त्यसैले जुन ठाउँमा जे सम्भावना छ, त्यो सम्भावनालाई म मूर्त रुप दिन्छु, आफूलेमात्र नभएर पार्टीले बनाएको नीतिलाई पनि कार्यान्वयन गर्छु ।

पार्टीले तपाइँलाई मेयरको टिकट किन दिनुपर्छ जस्तो लाग्छ ?
म राप्रपा नेपाल स्थापना गराउने व्यक्तिमध्येको एक व्यक्ति म पनि हुँ । मैले पार्टीभित्र धेरै दुःख गरेको छु । हरेक आन्दोलनमा सहभागी भएको छु तर यतिले मात्र म यो नपाको टिकट मलाई दिनुपर्छ भन्दिनँ । पार्टीभित्र मेरोजस्तै अरुको पनि आकांक्षा छ । तर म के कुरामा स्पष्ट छु भने एक्सपेरिमेन्ट गर्नका लािग चुनाव उठ्ने होइन, चुनाव भनेको शतप्रतिशत नतिजा आफ्नो हातमा पार्नका लागि लड्ने हो । त्यो नतिजा ल्याउन सक्ने पार्टीमा म हुँ । मभन्दा कोही व्यक्तिको जनाधार बढी छ र मैले भन्दा पनि एकमत भए पनि बढी ल्याउँछु भनेर दाबी गरेको खण्डमा त्यो दाबीबाट पछि पनि हट्न सक्छु तर त्यो खालको व्यक्ति मैले आफूलाई नै देखेको छु । मसँग पार्टीमा पाउनुपर्ने थुप्रै आधारहरु छन् ।