बिराटनगर उपमहागरमा माओवादीको उम्मेदवार तय, मेयरमा भोगेन्द्र यादव

363

तीन नम्बर वडामा सवै उम्मेदवार महिला

९ बैशाख, विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरसहित वडाको उम्मेदवार टुंगो लगाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले विराटनगर उपमहानगरापलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । यादव माओवादी केन्द विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् ।

माओवादी केन्द्रले ४, १०, १४ र १५ वडा वाहेका अन्य वडाका उम्मेदवारको नाम समेत सार्वजनिक गरेको छ । बिराटनगर उपमहानगरमा १९ वडा छ । चार वडाका उम्मेदवार टुंगो लागिनसकेको निर्वाचन परिचालन संमितिका संयोजक हेम कार्कीले जानकारी दिए ।

उम्मेदवार घोषणा गरिएका धेरै वडामा पनि दलित उम्मेदवारको नाम खाली राखिएको छ । ७, ८, १२ नम्वर वडामा उपाध्यक्ष महिला ९, १३ र १७ नम्वर वडामा दलित महिलाको उम्मेदवार खाली राखिएको छ ।

उम्मेदवार घोषणा गरिएका उम्मेदवारको संख्यामा महिलाको कुल संख्या ३३ रहेको छ । एक वडामा वडाध्यक्ष, एक महिला, एक दलित महिला र दुई खुला सदस्य गरी पाँच जना रहने व्यवस्था रहेको छ ।

तीन नम्वर वडामा सवै उम्मेदवार महिला

 

माओवादीले विराटनगरको ३ नम्वर वडामा वडाध्यक्षसहित सवै उम्मेदवार महिला अघि सारेको छ ।

शुशीलादेवी भट्टराई वडाध्यक्ष, महिला वडा सदस्यमा कल्पना पोख्रेल र दलित महिलामा लक्ष्मीदेवी विक उम्मेदवार छिन् दुई सदस्यमा अप्सरा निरौला र हिरा घिमिरे छिन् । अप्सार निरौला स्थानीय सचारकर्मीसमेत हुन ।

मोरङमा विराटनगर उपमहानगरसहित आठ नगरपालिका र त्यति नै संख्यामा गाउँपालिका गरी १७ स्थानीय तह छ । १ लाख १२ हजार ८३२ मतदाता रहेको विराटनगर उपमहानगरपालिकामा १ सय १९ केन्द्र छ ।

के छ चुनावी एजेण्डा ?

उपमेयरका उम्मेदवार नमिता न्यौउपानेले विराटनगरको समग्र विकास नै मुख्य एजेण्डा हुने बताइन् ।

उम्मेदवार घोषणा सभालाई सम्वोधन गर्दै न्यौउपानेले लामो समयदेखि विकासको गतिमा पछि परेको विराटनगरलाई सामाजिक, संस्कृतिक र व्यवसायीक विकास गर्न जरुरी रहेकाले त्यसतर्फ ध्यान केन्द्रित हुने वताइन् । उनले भनिन्, विराटनगरको समग्र विकासका लागि रिडरोड निर्माण, विराटनगर जुटमिलको पुनःसञ्चालन, क्षेत्रिय विमानस्थल निर्माण पर्छ, त्यसका लागि पहल हुनेछ ।’

उनले विराटनगरलाई महानगरपालिका बनाउन योग्य शहरका रुपमा विकास गर्ने पनि बताइन् । ‘समृद्ध र समुन्नत शहरका रुपमा स्थापित गर्ने मेरो एजेन्डा हुनेछ’ उनले भनिन् ।from onlinekhabar