
एक भारतीय संचारमाध्यमले दुई दशकपछि नेपालमा हुन् स्थानीय तहको चुनावमा भारतीय पनि लड्ने पाउने समाचार प्रकाशित गरेको छ । अंग्रेजी संस्करणको अनलाइन न्युज १८ले आफ्नो अनलाइन संस्करणमा नेपालले पहिलो पटक भारतीयहरूलाई पनि स्थानीय निर्वाचन लड्न दिन लागेको दाबी गरेको हो ।
नेपाल संग सिमा जोडिएका उत्तर प्रदेश र बिहारका जनताले चुनाव लड्न पाउने समाचारमा उल्लेख छ । दुवै देशमा छरिएर बसेका मधेशीहरुले बिगतमा नाकाबन्दी र बिरोध गरेको र अहिले संविधान संशोधन गरेपछि सिमा पारी बस्ने भारतीयले पनि चुनाव लड्न पाउने दाबी समाचारले गरेको छ । यसले सिमामा बसेका २५ प्रतिशत जनताले लाभ उठाउने समेत समाचारमा उल्लेख छ ।
उक्त समाचार न्युज१८का काजी फराज अहमदले लेखेका हुन् । उनको ट्वीटरमा भएको जानकारी अनुसार उनी बिगतमा भरतीय चर्चित संचारमाध्यमहरु जागरण, हिन्दुस्तान टाइम्स, जी न्युज , टेन स्पोर्टसका सवाददाता रही सकेका छन् ।