रिलिज हुनासाथ बाहुबली–२ ले तोड्यो ५ रेकर्ड, आमिरलाई पनि धक्का

416
बाहुबली–२ रिलिज भएसँगै यसले चर्चा कमाएको छ । फिल्म रिलिज भएसँगै हलहरुमा दर्शको भीड लागेको छ भने कयौंले फिल्म हेर्नका लागि टिकट नपाएको दुखेसो पोखेका छन् । रिलिज पहिला नै यो फिल्मले कयौं रेकर्डहरु तोडेको थियो ।

बाहुबली २ ले केही यस्ता रेकर्ड तोडेको छ जसालाई हामी जानकारी दिदैं छौं ।

बाहुबली २ पहिलो बलिउड फिल्म बनेको छ जो ९ हजार पर्दामा चलेको छ ।

बाहुबली २ ले सवैभन्दा महंगो टिकट भएको फिल्मको रेकर्ड बनाएको छ । यो पहिलो फिल्म हो जसको टिकट २४ सय रुपैयाँमा बिकेको छ ।

बाहुबली २ अग्रिम बुकिङमा पनि सवैभन्दा अघि रहेको छ । फिल्मले अग्रिम बुकिङबाट १३० करोड कमाएको छ । यो फिल्म हिन्दी, तेलुगु तथा तामिल भाषामा रिलिज भएको छ ।

यो फिल्मले दंगल फिल्मको रेकर्ड समेत तोडेको छ । जसको १० लाख टिकट अग्रिम बुकिङ भएको थियो ।

बाहुबली–२ पहिलो भारतीय फिल्म बनेको छ जो अमेरिकाका ८०० स्क्रिनमा रिलिज भएको छ ।