अनलाइन अनुवादले मानिसलाई विस्थापित गर्दैन

467

अरबका पत्रिकाहरूको निकै सम्मान छ । ती पत्रिकामा छापिएको अरबी भाषाका समाचार अहिले गुगल ट्रान्स्लेटरबाट अनुवाद गरी अंग्रेजी बोल्नेहरूले आफ्नै भाषामा पढ्न पाउँछन् । यसका लागि गुगलले निकै ठूलो गुन लगाएको छ ।

विगत केही महिनामा अनलाइन अनुवादमा अकस्मात् विस्मयकारी ढंगले सुधार आएको छ । विगतमा यसको प्रयोग गर्नेहरू अहिले यसमा आएको सुधार देखेर छक्क पर्छन् । नोभेम्बरमा गुगलले ट्रान्स्लेटको नयाँ भर्जन सुरु ग¥यो । पुरानो भर्जन फ्रेजमा आधारित मेसिन ट्रान्स्लेसन थियोे । यसमा वाक्यलाई अलग–अलग रुपमा लिइन्थ्यो, जसले गर्दा अनुवाद भद्दा र प्रायः गलत हुन्थे ।

नयाँ प्रणालीमा पनि अझै केही गल्ती बाँकी छन्, तर तुलनात्मक रूपमा निकै सही छ । यसले कृत्रिम तन्तु सञ्जाल प्रयोग गर्छ । यसले डिजिटल ‘तन्तुहरू’ लाई विभिन्न तहमा संयोजन गर्छ । प्रत्येक तहले आफ्नो आउटपुट अर्को तहमा लैजान्छ । यो मानव मस्तिष्कजस्तै गरी बनाइएको छ ।

यसलाई न्युरल ट्रान्स्लेसन प्रणाली भनिन्छ । फ्रेजमा आधारित प्रणालीमा जस्तै यसमा पनि मानिसले अनुवाद गरेका धेरै पाठहरूबाट यसलाई तालिम दिइन्छ । न्युरल भर्जनले हरेक शब्दलाई लिन्छ र सन्दर्भलाई लिएर डिजिटल प्रतिनिधिहरूमा परिणत गर्छ ।

त्यस पछि यसले जुन भाषामा अनुवाद गर्ने हो त्यसअनुसार आफूलाई तालिम दिइएअनुसार सबैभन्दा बढी उपयुक्त प्रतिनिधि पत्ता लगाउँछ । अघिल्लो भर्जनको तुलनामा यसले लामा वाक्यहरूलाई धेरै राम्रोसँग अनुवाद गर्छ ।

नयाँ गुगल ट्रान्स्लेसनले आठवटा प्रमुख भाषामा अनुवाद सुरु ग¥यो । नजिक सम्बन्ध भएका भाषाहरूको अनुवाद गर्न मानिस र मेसिनलाई समेत सजिलो हुन्छ ।

तर, गुगलले चिनियाँ र हालै अरबी, हिब्रु, रसियाली र भियातनामी भाषामा पनि अनुवाद गर्न थालेको छ । यी भाषा अनुवाद गर्न कठिन छ र साथै महŒवपूर्ण पनि छ । अप्रिल २५ मा गुगलले नौवटा भारतीय भाषाहरूमा पनि न्युरल अनुवाद सुरु ग¥यो । माइक्रोसफ्टले पनि यही प्रणाली सुरु गरेको छ ।

गुगल अनुवादले अझै पनि वाक्यहरूलाई उल्टोपुल्टो पारिदिन्छ । हिब्रु भाषालाई अनुवाद गर्दा यसले मानिसहरूको नामलाई ठ्याक्कै उल्टो पारिदिन्छ । उदाहरणका लागि फ्रान्कोइजलाई म्याक्रोन बनाइदिन्छ ।

यस्तो नबुझ्ने हो भने यसले गरेको अनुवाद अर्थहीन हुन्छ । यो प्रणाली ‘लाटो’ छ । हिब्रुबाट इङ्लिसमा अनुवाद गर्न उसलाई धेरै पटक तालिम दिए पनि उसले यस्तो गल्ती गरिरहेको छ ।

यसरी स्पष्ट थाहा हुने गल्तीहरू बिस्तारै प्रोग्रामरहरूले प्रणालीमा सुधार गरेसँगै हटाउन सकिन्छ । तर, न्युरल अनुवाद प्रणालीले गर्ने केही ‘गल्ती’ भने रहस्यपूर्ण छन् । थाईजस्ता भाषामा अक्षर टाइप गर्दै जाँदा अचम्मलाग्दा अवास्तविक अनुवाद गरिदिन्छ । जस्तै ः आकाशमा छवटा क्षेत्र छन् । हरेक क्षेत्रको क्षेत्र हो, क्षेत्रको क्षेत्र हो ।

हुन त यसले उत्तरआधुनिक कविहरूलाई समावेश गरेको छैन । त्यसैले न्युरल ट्रान्स्लेसन प्रणाली मानिसलाई विस्थापित गर्न सक्ने अवस्थामा पुगेको छैन । साहित्यमा लेखकको आशय र संस्कृति बुझ्न मेसिनमा निकै संवेदनशीलता हुनु आवश्यक छ ।

प्राविधिक, वित्तीय अथवा कानुनी जस्ता रचनात्मक कामका लागि सानो गल्ती (जुन सबैभन्दा उत्तम प्रणालीमा पनि अहिले प्रशस्त मात्रामा पाइन्छ) अस्वीकार्य हुन्छ । स्वचालित प्रणालीका यस्ता अनुवादलाई मानिसले होसियारीपूर्वक जाँच्नुपर्छ र सम्पादन गर्नु पनि आवश्यक छ । यसो गर्नु भनेको दोहारो काम हो ।
विश्वव्यापी रुचिका लागि अनलाइन अनुवाद निकै लाभदायी छ ।

धेरै मानिसले अरू संस्कृतिका मान्छेहरूले के पढिरहेका छन् र के विषयमा गफ गरिरहेका छन् भन्ने जान्न चाहन्छन् । तर, उनीहरूलाई अरूको भाषा सिक्न प्रशस्त समय मिल्दैन । यसका लागि अहिले आधार तय भएको त छ, तर अनुवाद सफ्टवेयरको नयाँ पुस्ताले यसलाई सफल बनाउन निकै ठूलो प्रतिबद्धता जनाउनु आवश्यक छ ।

स्रोत : इकोनोमिस्ट