राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

355

काठमाडौँ: सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा बसेको राप्रपा केन्द्रीय कायसम्पादन समिति बैठकले सरकारबाट फिर्ता हुने निर्यण गरेको हो।

राप्रपाका प्रवक्ता भुवन पाठकका अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने कांग्रेस-माओवादीको निर्णयमा असहमति जनाउँदै सरकार छाड्ने निर्णय भएको हो ।

प्रवक्ता पाठकले सरकारबाट बाहिरिएपछि प्रतिपक्षीको भूमिकामा उभिने जानकारी कारोबार अनलाइनलाई दिएका छन् । ‘हामी सरकारबाट फिर्ता भएका छौँ’, उनले भनेका छन्,’अब हाम्रो भूमिका प्रतिपक्षी दलको हुनेछ ।’

प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता महाअभियोग प्रस्ताव आपत्तिजनक भन्दै अध्यक्ष कमल थापाले सरकारबाट बाहिरिने सम्वन्धी औपचारिक निर्णय लिन केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए ।

बैठकमा सुरुमै संक्षिप्त धारणा राखेका अध्यक्ष थापाले प्रधानन्यायधीश कार्की विरुद्ध दर्ता महाअभियोग प्रस्ताव आपत्तिजनक भन्दै यस विरुद्ध पार्टीले डटेर सामना गर्नुपर्ने बताएका थिए ।