
वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि एमालेले ३४ जिल्लाका दुई सय ८३ स्थानीय निकायमा उम्मेदवारी दर्ता गरेको छ।
मंगलबार बिहान १० बजेदेखि पाँच बजेसम्ममा एमालेले ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरेर दुई सय ८३ स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको हो।
केन्द्रीय कार्यालयबाट दिइएको निर्देशन अनुसार नै आवश्यकता अनुसार विभिन्न क्षेत्रमा तालमेल गरिएको समेत एमालेले जनाएको छ। ‘वैशाख ३१ गते हुने निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि सबै उम्मेदवार, पार्टी कमिटी, जनसंगठन, नेता कार्यकर्ता र समर्थकहरुलाई सक्रियतापूर्वक लाग्न पार्टी निर्देशन गर्दछ,’ मंगलबार साँझ एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् एमालेका दुई सय ८३ स्थानीय निकायका उम्मेदवार