सूर्यविनायकको मेयरमा नेमकिपाबाट महिला

403

भक्तपुरका चारवटै नगरपालिकामा अन्य दलले मेयरमा पुरुषलाई टिकट दिँदै गर्दा नेमकिपाले भने महिलालाई मेयर उठाएको छ। उसले मनशोभा सुवाललाई मेयरको टिकट दिएको हो। उपमेयरमा भने युवा नेता महेन्द्र बखुन्छेले नेमकिपाबाट टिकट पाएका छन्।

सूर्यविनायक नपामा कांग्रेसले विष्णुराज कार्कीको मेयरमा र कल्पना राजथलाको उपमेयरमा उम्मेदवारी मनोनयन गरेको छ। त्यस्तै एमालेले वासुदेव थापालाई मेयर र जुना बस्नेतलाई उपमेयरको टिकट दिएको छ। माओवादी केन्द्रले दिलकृष्ण तजलाई मेयर र पुण्यवती चौलागाईंलाई उपमेयर बनाएको छ।

राप्रपाबाट मेयरमा प्रवीण ढुंगेल र उपमेयरमा जयन्ती महतको उम्मेदवारी मनोनयन दर्ता गरिएको छ। भक्तपुरमा संघीय समाजवादी फोरम, नयाँ शक्ति र क्रान्तिकारी माओवादी पार्टीको देशभक्त गणतान्त्रिक मोर्चाले तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन्।