काठमाण्डुकाे तालमेल चितवनलाई अमान्य :देउवाकाे पुत्ला जलाईयाे

383

चितवन: भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलार्इ दिने गरी केन्द्रले तालमेल गरेपछि चितवनमा कांग्रेस कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पु्त्ला जलाएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललार्इ मेयरमा जिताउनका लागि कांग्रेले पछि हट्ने निर्णय गरेसँगै आक्रोशित कांग्रेस कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।
भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु दाहाललाई मेयर दिने केन्द्रीय सहमतिसँगै कांग्रेस कार्यकर्ताले भरतपुरमा पार्टी सभापति देउवाको पुत्ला दहन गरेका हुन् ।
उनीहरुले पार्टी कार्यालय परिसरमा भरतपुर बेच्न पाइँदैन भन्दै चर्को नारावाजी गरे। तालमेलबारे सञ्चारमाध्यमसँग बोल्दै चितवन कांग्रेसका पुर्वसभापति टेकप्रसाद गुरुङले केन्द्रको निर्णय मान्य नहुने चेतावनी दिए ।
माओवादीसँगको तालमेलविरुद्ध चितवन कांग्रेस
माओवादी केन्द्रका प्रचण्डकी छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाउन तालमेल हुने भएपछि नेपाली कांग्रेस चितवन भने त्यसकाविरुद्ध उभिएको छ ।
प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन कांग्रेस उम्मेदवार दिनेश कोइरालालाई फिर्ता गराउने खेल माओवादी केन्द्र र कांग्रेसको शीर्ष नेतृत्वबीच भएपछि चितवन कांग्रेस त्यसविरुद्ध उभिएको हो ।
चितवन कांग्रेसका सभापति जीननारायण श्रेष्ठले केन्द्रको तालमेललाई चुनौती दिएका छन् । उनले जिल्लामा कुनै पनि दलसँग तालमेल नभएको जनाउँदै आफ्ना उम्मेदवारलाई रुख चिन्हमा भोट हाल्न अपलि गरेका छन् ।
‘चितवनमा कांग्रेसका साथीहरु सक्रियताका साथ निर्वाचनमा लागिरहनु भएको छ’, श्रेष्ठले बिहीबार निकालेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन गरेको छैन । भ्रामक समाचारको पछि नलागी रुख चिन्हमा मतदान गर्न आह्वान गर्छु ।’