अव करारका कर्मचारीले पनि दशैं खर्च पाउने

383

काठमाडौँ : सरकारले करारमा कार्यरत कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह दशैँ खर्च दिने निर्णय गरेको छ ।
बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले करारमा राखिएका कमर्चारीहरुलाई पनि अन्य कर्मचारीसरह दशैँ र उपचार खर्च सहितका सुविधा दिने निर्णय गरेको हो ।
बैठकले करारमा कार्यरत कर्मचारीलाई अन्य कर्मचारीसरह दशैं खर्च र उपचार खर्च लगायतका सुविधा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।