कागेश्वरी मनोहराका जनताको घरदैलोमा एमाले

431

काठमाडौं– सांस्कृतिक रूपान्तरण र सामाजिक सुधारः सभ्य समाज र संस्कारयुक्त परिवार को नारा सहित कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले घर दैलो सुरु गरेको छन् । पार्टीवाट उम्मेद्धावारी दिएका मेयर,उपमेयर, वडा अध्यक्ष र सदस्य जनताका समस्या पहिचान गर्दै तिनको समाधानमा हरपल आफु लागि रहने प्रतिवद्धताका साथ घरदैलो अभियान सुरु गरेका छन् ।
कागेश्वरी मनोहरा नपामा एमालेबाट मेयरमा कृष्णहरि थापाले जनताको समस्या भनेको नै एमालेको समस्या भएका कारण त्यसको समाधानको लागि आफु हरपल लागि पर्ने वताउनुभयो ।
यस्तै उपमेयरमा बिन्दु सिंखडाका अनुसार नेपाली जनताको सपना समृद्धि र समाजवादको स्थापना केवल एमाले वाट सम्भव भएका कारण ७ नै छाप सुर्यमा हाली आफ्ना सपना साकार पार्न जनता आफै अघि वढेको वताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकामा एमालेका तर्फवाट मेयर कृष्णहरि थापा र उपमेयरमा बिन्दु सिंखडा हुनुहुन्छ । भने वडा अध्यक्षहरु
वडा नम्बर १ मा मुकन्द गजुरेल,
२ मा रामशरण पुयाँल,
३ मा राममणि पुडासैनी,
४ मा धनबहादुर श्रेष्ठ
५ मा राजाराम पुडासैनी,
६ मा प्रकाश फुयाँल,
७ मा शैलेन्द्र रायमाझी,
८ मा श्रीकृष्णप्रसाद चापागाई र
९ मा कुन्दन खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
मेयर एवं उपमेयर वडा अध्यक्ष तथा सदस्य उमेदवारहरुले एमालेको प्रतिवद्धता पत्रानुसार आफुहरु जनताको सेवाका लागि अगाडीआएको उद्घोषका साथ घर दैलो गरि रहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकामा २७ हजार ९ सय २४ मतदाता छन् ।