जहाँ दलित मात्र उम्मेदवार छन्

661

भक्तपुर । राजनीतिमा दलितको सहभागिता न्यून भएको भन्दै निर्वाचन कानूनमा दलितको लागि आरक्षण सिट व्यवस्था गरेसँगै स्थानीय निर्वाचनमा देशभर अनिवार्य दलित उम्मेदवार निर्वाचनमा उठरिहेका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.४ मा नेकपा मालेका तर्फबाट सवै जना उम्मेदवार दलित छन । वडा अध्यक्ष, सदस्यहरु पुरै टिम नै दलितको उठाइएको् छ । वडाको पुरै टिम नै दलितले उम्मेदवारी पाएसँगै यत्तिखेर चाँगुनारायण नगरपालिकाको वडा नं. ४ चर्चाको सिखरमा रहेको छ ।

‘दलित मैत्री नमुना वडा’ निर्माणका लागि दलितहरुलाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा मालेका जिल्ला सचिव अदिप खड्काले वताए । पार्टीले वडाका सबै पदमा दलितलाई नै उम्मेदवारी दिएकोमा वडा अध्यक्ष रामराज मगराती आफुलाई गौरभ लागेको वताउँछन् । उनका अनुसार दलित भनेर कसैले पनि कुनै पनि पार्टीमा वडा अध्यक्ष सम्म पनि नउठाउनु लाजमर्दो कुरा भएको उल्लेख गर्दै उनले यदि निर्वाचन कानुनले नै दलित महिलालाई नै उम्मेदवारी दिनु पर्ने नियम नल्याएको भए देश भरमा कसैले पनि दलितलाई उम्मेदवारी दिने थिएनन उनको दवा थियो । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा वडा अध्यक्षमा रामराज मगराती , सदस्यहरु हरिशरण सार्की , विदुर मिजार महिला सदस्य सिता मिजार ले उम्मेदवारी दिएका छन् यस्तै चाँगुनारायाण नगरपालिकाको उप मेयर पनि दलित महिला लक्ष्मी मगराती रहेकी छन् । मेयर उप मेयर सहित नगरपालिकाका २ वडामा आफ्नो उम्मेदवारी दिएको मालेले वडा नम्मर ५ मा पनि सुरज वयलकोटी दलितलाई नै वडा अध्यक्षमा उठाएको छ । चाँगुनारायणमा मालेका तर्फवाट मेयरका उम्मेदवार साधुराम दाहाल नगरमा सम्पुर्ण सदस्य एवं वडा अध्यक्षहरु दलित लियर उठ्न पाउँदा आफुलाई गर्व महसुस भएको वताउँछन् ।
‘दलितको बारेमा कुरा त धेरैले गर्छन् तर यसरी नमुना ढँगले चाँगुनारायणमा पायौ यो हाम्रो अवशर भएको उम्मेदवार हरु वताउँछन् ।