मेरो उम्मेदवारी समग्र सुर्यविनायक विकासका लागि :ढुँगेल

2992

भक्तपुर । सुर्यविनायक नगरपालिकालाई आधुनिक कृषि प्रणाली, धार्मीक पर्यटनिय क्षेत्रका रुपमा विकास गर्ने र भ्रष्टाचार मुक्त समतामुलक नगरको विकास गर्नेमा आफु जहिले लाग्ने राप्रपाका उम्मेदवार प्रविन ढुंगेलले वताउनुभयो । उहाँका अनुसार आफ्नो एक मात्र लक्ष्य नगरपलिकाको विकास गर्ने, नगरभित्र एक वडा एक उत्पादनको कार्यक्रम ल्याउने, सार्वजनिक जग्गा, ऐतिहासिक मठ, मन्दिर र सम्पदा, वनजंगल, खोलानालाको संरक्षण गर्ने, काठमाणडौ ललितपुर जानका लागि वैकल्पिक मार्गका रुपमा साँगा, चित्तपोल, सिपाडोल,गुण्डु, सिरुटार, वालकोट,सडक निर्माण गर्ने आफ्नो योजना रहेको ढुंगेलले वताउनुभयो । उहाँका अनुसार हाल सम्म आफ्नो नगरको काँक्रावारी लगाएतका स्थानमा वाटो सम्म नपुग्दा जनतालाई समस्या भएको उल्लेख गर्दै उक्त स्थानलाई पर्यटकिय पदमार्ग सहित फराकिलो मोटरबाटो समेत विस्तार गर्ने योजना रहेको वताउनुभयो ।


नगरवासीलाई आयआर्जन, जिविकोपार्जनमा सहयोग पुर्याउन रोजगारीको प्रबद्र्धन गर्ने, कृषि पर्यटन, ग्रामिण पर्यटन, धार्मिक र साँस्कृतिक पर्यटनको रुपमा नगरलाई पहिचान बनाउने, ५ वर्ष भित्र नगरपालिकको प्रत्येक नागरिकको स्वास्थ्य विमा गर्ने, महिला, आदीवासी, जनजाति, दलित र अपाङ्गको क्षमता, अभिबृद्धि र सीप विकास गर्ने लक्ष्य आफ्नो लक्ष्य भएको ढुँगेलले वताउनुभयो ।
नगरवासीलाई स्वच्छ खानेपानीको व्यबस्था गर्ने, सडकमा सौर्य बत्ति जडान गर्ने, बृक्षारोपण गर्ने, युवावर्गलाई खेलमा आकर्षण गर्न नगरको प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने, ज्येष्ठ नागरिकको भत्ता बढाउने, भूकम्प पीडितलाई पुर्नवासको कार्यक्रम ल्याउने, नगरको फोहोर व्यबस्थापन गर्दै फोहोरलाई मोहरमा परिणत गर्ने कार्यलाई अगाडि बढाउने लक्ष्यका साथ आफ्नो उम्मेदवारी आएको उहाँको भनाई छ ।