मैलुङ खोला जलविद्युत्को तीन लाख ६८ हजार कित्ता आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो स्वीकृति

421
ipo on blackboard

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले तीन करोड ६८ लाख रुपैयाँ बराबरको तीन लाख ६८ हजार एक सय ४३ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीले स्थानीयवासीका लागि उक्त अनुपातमा सेयर जारी गर्न लागेको हो । छ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङलृ कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

पहिलो चरणमा स्थानीयका लागि सेयर जारी गर्न लागेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि सात लाख ३६ हजार दुई सय ८६ कित्ता सेयर जारी गर्ने जनाएको छ । कम्पनीले हाल बैंकको लागि तिरिरहनु परेको ऋण भुक्तानी गर्न सेयर जारी गर्न लागेको हो । कम्पनीमा बैंकको ६१ करोड ५० लाख रुपैयाँ ऋण रहेको छ ।