सभामुखले भनिन्–संसदको आन्तरिक मामिलामा हस्तक्षेप हुनुभएन, सबैले सीमामा बस्नुपर्छ

404

काठमाडौं । आज बस्ने भनेको व्यवस्थापिका संसदको बैठक स्थगित गरेर पत्रकार सम्मेलनको आयोजना गर्दै सभामुख ओनसरी घर्तीले संसदको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने बताएकी छन् ।

उनले राज्यका तीनवटै अंग संविधानको सीमाभित्र बस्नुपर्नेमा जोड दिइन् ।

उनले व्यस्थापिका संसद भवनमै आयोजित पत्रकार सम्मेलनमा बौल्दै उनलेसंविधानमा राज्यका तीन वटै निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संविधानतह बस्नुपर्ने बताइन् ।

सर्वोच्च अदालतलाई इंगित गर्दै उनले उनले संविधानले निर्धारण गरेको आ–आफ्नो सीमाभित्र बस्नुपर्ने बताएकी हुन् ।

साथै उनले व्यवस्थापिका संसदमा पेश भइसकेको प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव ससंदको आन्तरिक मामिला भएको र त्यो विशेषाधिकारमा कुनै अंगबाट हस्तक्षेप गर्न नमिल्ने चेतावनी दिइन् ।