

भक्तपुर ।“आफ्नो उन्नति, आफै गरौं” आफ्नो नगर आफै बनाउँ भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्यविनायक नगरपालिकाको हरेक वडामा आफ्नो प्रचार अभियानलाई घर दैलो सम्म पुञ्याउन थालेको छ ।
राप्रपाले सुर्यविनायक नगरपालिकालाई मात्र होइन समग्र भक्तपुरलाई नै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने योजना अघि सारेको छ । राप्रपाले भक्तपुरमा आफ्नो आन्तरिक समीकरण मिलाएको र समाजमा योग्यता क्षमता भएकालाई पार्टीले सम्मानका कारण सुर्यविनायक नगरपालिकाका वडा वडामा राप्रपाको ठुलो चर्चा चल्न थालेको छ । नगरमा मेयर उपमेयर एवं वडा अध्यक्ष सदस्यहरु सबैजसो उम्मेदवारले आफ्ना प्रतिवद्धता व्यक्त गरिसकेकाले कार्यकर्ताहरु पनि पार्टी र उम्मेदवार प्रति आशावादी देखिए
जनताको चाहनालाई आत्मसाथ गर्दै उहाँहरुको चाहाना वमोजिम नै आफु काम गर्न हरदम तत्पर रहने सुर्यविनायक नगरपालिका वडा नम्वर ५का वडा अध्यक्ष विकेश ढुंगेल वताउँछन् । राजनैति आस्था , विश्वार र चिन्ह भन्दा पनि वडाको विकासका लागि सवैले विवेक प्रयोग गर्नेमा आफु विश्वस्त भएको उनले वताए ।
आफ्नो वडालाई हरियाली वनाउने, पर्ती जमिनको संरक्षण गने , बाटो , पुल पुलेसा, मन्दिर , पाटी पौवाको संरक्षण एवं सरसफाई गर्न, वडामा सुचना प्रविधिको पहँच पुञ्याउन, स्वास्थ्य सेवा केन्द्रको विकास गदै २४ घण्टे सेवा विस्तार गर्न , युवा स्वरोजगारका कार्यक्रम सँचालन गर्न ,हरेको टोल एवं मुख्य सडकमा सौर्या वक्त जडान गर्न ,युवा केटाकेटीको सर्वाङगिण विकासका लागि खेलमैदान ब्यवस्था गर्न , खानेपानीको उचित वितरण एवं संरक्षण गर्न आफु प्रतिवद्ध रहेको ढुँगेलको भनाई छ । उनका अनुसार धार्मीक पर्यटन ब्यवस्थीत गर्न एवं उन्नत कृषि प्रणलीमा वडालाई विकास गरी नमुना वडा वनाउन आफु हरदम लागि पर्ने उनले वताए । हाल सम्मको जनताको विचार एवं लहर देख्द सुर्यविनायक नगरपालिका वडा नम्वर ५मा आफ्नो जीत सुनिश्चित भएको ढुँगेलले वताए ।
सुर्यविनायक नगरपालिकामा राप्रपाका तर्फवाट
मेयर प्रविन ढुंगेल
उपमेयर जयन्ती महत
वडा अध्यक्षहरु
१।भुपेन्द्र राउत
२।कृष्ण सिलवाल
३।सुरेन्द्र रजौला
४।कृष्णहरी खड्का
५।विकेश ढुंगेल
६।विष्णु राजथला
७।धर्मराज थापा
८।नारायण थापा
९।मोहन खत्री
१०।भगवान थापा
रहेका छन् ।