नेमकिपाले सुडालवासीको मन जितेको छ

1986

भक्तपुर । चाँगुनारायण नगरपलिका वडा नं ८ सुडालको विकासका लागि नेमकिपाको विकल्प नभएको नेमकिपाका उम्मेदवार गणेशप्रसाद दुलालले बताएका छन् । आसन्न चुनावको प्रचारप्रसार एवं घरदैलो अभियानको क्रममा सुडालको कलमसीमा पुगेर मतदाताहरुसँग मत माग्दै उम्मेदवार दुलालले सो कुरा वताएका उनले वताएका हुन् ।
उम्मेदवार दुलालले सुडालको समग्र विकासमा नेमकिपाका सवै उम्मेदवार सक्षम भएको बताए । ‘हाम्रो वडा हाल पनि गाउँ नै हो यसलाई नगरपालिकाको वडा अर्थात नगरको रुपमा विकास गर्नु नै आफ्नो एक मात्र दायित्व हो, यसका लागि नेमकिपाका उम्मेदवारलाई मत दिनु आवश्यक छ ।’उनको भनाइ छ ।
उनले नेमकिपाका कार्यकर्ताहरु र उम्मेदवारहरुले सुडालवासीको मन जितिरहेको कारण आपार जनलहरु आफु प्रति भएको बताए ।
उनले सुडालमा ब्याप्त प्रदूषण न्यूनीकरण गर्ने, इँटा उद्योगलाई प्रगतिशील करको दायरामा ल्याउने, साना तथा घरेलु उद्योगलाई पोत्साहन गर्ने, जितपुर कलमसी सडक फराकिलो पार्ने , च्यामासिंह कलमसी सडकको विस्तार गर्ने, खुवा पसल दुलाल गाउँ जाने बाटो फराकिलो पार्ने , खानेपानीको उचित ब्यवस्था गर्ने , जितपुर घोरसाईने गाउँ जानेवाटो मर्मत गर्ने , भक्तपुर चक्रपथको कार्य अगाडी वढाृउने , स्वास्थ्यमा पहुँच पु¥याउन स्वस्थ्य चौकीको स्तर उन्नती गर्ने, सिंचाइँका लागि ड्याम र कुलोको निर्माण गर्ने, खेलमैदान सुधारको कार्य गर्ने मात्र नभएर सुडालको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरी सुडालको प्रवद्र्धन गर्न नेमकिपाका उम्मेदवारहरु तत्पर रहेको बताए ।
महिला वडा सदस्यका उम्मेदवार चण्डिका पाण्डे तथा दलित महिला सदस्य अस्मिता परियारले महिलाहरुको जीवन उकास्नका लागि आफूहरु प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए भने वडा सदस्यद्वय रामभक्त सुकमनी र रामबहादुर मानन्धरले सुडालको समृद्धिको लागि नेमकिपासँग् स्पष्ट खाका रहेको मतदातालाई सुनाएका थिए ।