आज २५६१ बुद्ध जयन्ती

585

ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा एकजना बालकको जन्म भएको थियो, आज विश्वले तिनलाई अनि तिन्को आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी यिनै बालकल संसारका गुरु हुन्, २५०० वर्ष भन्दा अघिको उन्को ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ, आउनुहोस् आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौ । गौतम बुद्धका जिवनमा यस बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व राखेको छ, वहाँको जन्म, ज्ञान प्राप्ती अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।

यिनै शाक्यमुनी को जन्म, समाधी अनि ज्ञान प्राप्तीको दिनकारुपमा आज विश्वको उत्तरी देखि दक्षिणी ध्रुवसम्म, मृत सागर देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारस देखि बेईजिगंसम्म आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाईन्छ ।

आज हामीसबैका गौतम बुद्ध २५६१ वर्ष हुँदैछन्, भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मीक सिपमार्फत बुद्ध हामीसबैको चित्तमा विराजमान नै छन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो र उनि जन्मना साथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरु सुनिन्छ, यसका अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराईएका यिनी सिद्धार्थ गौतम ले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ, यसरी अलौकीक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनि जन्मेको ७ दिनमै दुख्खद मृत्यू भएको थियो । यद्धपी अत्यन्त अनुशासीत र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरा सँग विाह गरेका थिए । सम्पूर्ण जिवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

यि राजकुमारलाई मानव जिवनमा आईपर्ने पिडा र दुख्ख निवारण गर्ने ज्ञानको खोजी थियो र वर्षौ पछीको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै वुद्धत्व हो । ज्ञान प्राप्तीको पथमा विरामी मान्छेहरु, घाईतेहरु, लोभी का साथसाथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतमनै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुस्खको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए । वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन एउटा अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन। यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नपाललाई शान्तीको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभुमीमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दीर गुम्बाहरु निर्माण गरेका छन् ।

बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन्, उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरुको स(विस्तार वर्णन गरिएको छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसुत्रहरु संग्रहित छ्न् । वुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य(समुत्पाद हो । आधारभुत गुणहरु अनित्य, दुस्ख र अनात्मलाई वुद्धका आधारभुत सिद्धान्त मानिन्छ । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ । वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ ।

उत्तर कोरियाले अशान्त भएर संसार तर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रंग, सम्पती, भाषा र भुगोलका आधारमा विभेद भईरहँदा बुद्धको दर्शनले शान्तीको शान्तपूर्ण वकालत गरिनैरहेको छ । बुद्धका ज्ञानलाई आत्मसाथ गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ, संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्कि आउ शाक्यमुनी , शान्तीको सन्देश लिएर आऊ है ।

बुद्धजयन्तीको शुभकामना

उभौली पर्व
अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कतिको तैयार हुनुहुन्छ त ? किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धीको कामना गर्दै नाचिन्छ है । आउनुहोस प्रकृतीका सन्तती, विश्व प्रसिद्ध किराँत समुदायले मनाउने यस वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौ । प्रकृतीका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउदछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ ।कृषी उन्मुख यी दुई यस्ता पर्वहरु छन् जसले सम्पूर्णतया कृषी र वालीको जनाऊ दिनेगर्दछन्, यी दुईवटा पर्वहरुमा किराँत समुदायले मनाउने उभौली र उधौली पर्व हुन । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्वहरु जस्तै कि प्रकृती, आवहवा, देवीदेवता र पृथ्वीको आज पूजा गरिन्छ, काठमाडौको टुँडिखेल आज उभौलीको रौनकतामा हेर्नलायक देखिन्छ, पारम्परीक भेषभुषामा सजिएका किराँती समुदायका मान्छेहरु अनि गोलबन्द भएर पुरुष महिला सगैँ नाचेकोे अत्यन्त रसिक देखिन्छ है । पुरुषहरुलेकालो कोट, दौरा(सुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन् भनेँ महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर ९चम्मर०, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदैूसोइ ढोले सोइ(अर्को ढोले खोइू भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा,बिनायोतथा हारी जस्ता बाजाहरु बजाउँदै अनि विभिन्न कृषीकार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचीन्छ ।
संसारभरिका किराँत समुदायलाई उभौली पर्वको शुभकामना, यस वर्षको चण्डी नाचले सबैको भलो गरोस् ।