चलचित्र “छक्का पञ्जा २”को नयाँ रहस्य खुल्यो…

480

अहिले  चलचित्र “छक्का पञ्जा २”को छायाँकन धमाधम हुदैछ । चलचित्र “छक्का पञ्जा २”मा केहि कलाकार दोहोरिएका छन् भने केहि नयाँ छन् ।दीपाश्री निरौलाको निर्देशनमा तयार भईरहेको यस चलचित्रमा दीपकराज गिरि , केदार घिमिरे , शिवहरी पौडेल , जितु नेपाल , प्रियंका कार्की लगायत दोहोरिएका छन् भने नयाँ अनुहार पनि थपिएका छन् । नयाँ अनुहारमा आयुष्मान देशराज श्रेष्ठ , स्वस्तिमा खड्का र स्वरूप पुरुष ढकाल लगायत इन्ट्री भएका छन् । पछिल्लो समय प्रियंका र आयुष्मानको प्रेम सम्बन्धले चर्चा पाईरहदा “कथा काठमाण्डौ” पछि  यी दुइलाई चलचित्र “छक्का पञ्जा २”मा पनि संगै देख्न पाइनेछ । तर यी दुइ जोडीको रुपमा भने प्रस्तुत हुनेछैनन् ।चलचित्रमा प्रियंकाको छोरा वा ज्वाईको भूमिकामा हामी आयुष्मानलाई देख्ने छौ’ श्रोतले बताएको छ  ।