चाँगुनारायणमा कांग्रेसले खाता खोल्यो

1291

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेसले पहिलो खाता खोलेको छ।उसले चाँगुनारायण नपा १ मा वडा अध्यक्षसहित बहुमत पदमा जित हात पारेको हो।

कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजेश खड्का ९०२ मत ल्याएर निर्वाचित हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी राप्रपाका ईश्वर थापाले ७९२ मत पाउनुभयो।

चाँगुनारायण नपा १ वडासम्मको मत गणना परिणामअनुसार मेयरका कांग्रेसका राजाराम खड्का १००९ मतसहित अग्रस्थानमा हुनुहुन्छ। त्यस्तै उपमेयरमा पनि कांग्रेसकै सरु बानियाँ ९६९ मतसहित अग्रस्थानमै हुनुहुन्छ।
दोस्रो स्थानमा राप्रपाका मेयर उम्मेदवार रवीन्द्रप्रताप शाहको 582 मत रहेको छ भने एमालेका सोम मिश्रको 443 र नेमकिपाका न्हुछेभक्त फोजूको 354 मत रहेको छ।