ब्यानर, पोष्टर भित्ते लेखन तुरुन्त हटाउ :निर्वाचन आयोग

390

स्थानीय तह निर्वाचनको प्रसार प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँगेका पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

‘राजनीतिक दल तथा उम्मेदवारहरुले गाउँ शहरको वातावरणलाई स्वच्छ र हराभरा बनाउने सम्बन्धमा गर्नुभएको प्रतिबद्धता आफैंले राखेका प्रचारका सामग्री हटाएर पूरा गरी राम्रो अभ्यासको सुरुवात गर्न समेत सम्पूर्ण सरोकारवालाहरुसँग आयोग अनुरोध गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।