साइबर हमलामा उत्तर कोरियाको हात ?

436

विश्वव्यापी साइबर हमलाका पछाडि कसको हात छ ? ताजा तथ्यबाट लाग्छ, यसका पछाडि उत्तर कोरियाको हात हुन सक्छ । तर उपलब्ध जानकारीका आधारमा अहिल्यै अन्तिम निष्कर्षमा पुग्न सकिँदैन । बीबीसीका उत्तर अमेरिकी टेक्नोलोजी संवाददाता डेव लीले मंगलबार लेखेको एक रिपोर्टमा भर्खरै भएको विश्वव्यापी साइबर हमलामा उत्तर कोरियाको हात हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
डेव लीले लेखेका छन्, तपाईँले सायद लेजरस ग्रुपको नाम सुन्नु भएको होला, तपाईँले यसका कर्तुतका बारेमा जानकारी लिन सक्नुहुन्छ । २०१४ मा सोनी पिक्चर्सको ह्याकिंग र २०१६ मा बंगालादेशी बैंकको ह्याकिंग दुबै मामिलाको सम्बन्ध यसै ग्रुपसँग थियो । भनिन्छ, लेजरस ग्रुपले उत्तर कोरियाका लागि चीनबाट काम गर्छ र ताजा साइबर हमलाको मामिला पनि उसैसँग जोडिएको छ ।
गु्गलका सेक्युरिटी रिसर्चर नील मेहताको एक अनुसन्धानपछि सुरक्षा विशेषज्ञहरूले रैनसमवियरको पछिल्लो हमलालाई लेजरस ग्रुपसँग जोडेर हेर्न लागेका छन् । नीलले ह्याकिंगका लागि प्रयोग गरिएको सफ्टवेयर ‘वानाक्राइ’ को कोड र विगतमा लेजरस ग्रुपले बनाएका केही टुल्समा समानता देखेका छन् ।  नीलका अनुसार, यो एउटा ठूलो प्रमाण हो । तर ध्यान दिनलायक अरू केही सुराक पनि छन् ।