चाँगुनारायण नपा–२ मा काँग्रेस विजयी

1280

चाँगुनारायण नगरपालिका वडा नं. २ मा एक खुला सदस्य बाहेक सबैमा काँग्रेस विजयी भएको छ । वडा नं. २ मा काँग्रेसले वडा अध्यक्ष, एक सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा काँग्रेस विजयी भएका छन् भने एक खुला सदस्य जितेको छ ।
वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८ सय ३७ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका मनोज केसीले ७ सय ७७, राप्रपाका सन्तोष केसीले ५ सय २५ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवालले ७ सय ८५ मत, दलित महिला सदस्यमा रेखा दुलाल अच्छामीले ८ सय मत र सदस्यमा सोमप्रसाद प्रधानले ८ सय ८९ मत ल्याई विजयी भएका हुन् । यस्तै एमालेका मोहन पोख्ररेलले ७ सय १८ मत ल्याई खुला सदस्यमा विजयी भए ।
हालसम्म चाँगुनारायण नगरको मेयरमा नेपाली काग्रेसका राजाराम खड्काले १ हजार ४ सय ४६, उपमेयर सरु बानयिाँले १ हजार ८ सय ६७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका सोम मिश्रले १ हजार २ सय ७५ र उपमेयर विना वास्तोलाले १ हजार ३ सय ५७ मत ल्याएका छन् ।