चाँगुनारायण २ मा काँग्रेस ,भक्तपुर-९ मा नेमकिपा, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस

830

चाँगुनारायणमा रोकिएको मतगणना शुरु

भक्तपुर:चाँगुनारायण नगरपालिका वडा नं. २ मा एक खुला सदस्य बाहेक सबैमा काँग्रेस विजयी भएको छ । वडा नं. २ मा काँग्रेसले वडा अध्यक्ष, एक सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा काँग्रेस विजयी भएका छन् भने एक खुला सदस्य जितेको छ ।
वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८ सय ३७ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका मनोज केसीले ७ सय ७७, राप्रपाका सन्तोष केसीले ५ सय २५ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवालले ७ सय ८५ मत, दलित महिला सदस्यमा रेखा दुलाल अच्छामीले ८ सय मत र सदस्यमा सोमप्रसाद प्रधानले ८ सय ८९ मत ल्याई विजयी भएका हुन् । यस्तै एमालेका मोहन पोख्ररेलले ७ सय १८ मत ल्याई खुला सदस्यमा विजयी भए ।
हालसम्म चाँगुनारायण नगरको मेयरमा नेपाली काग्रेसका राजाराम खड्काले १ हजार ४ सय ४६, उपमेयर सरु बानयिाँले १ हजार ८ सय ६७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका सोम मिश्रले १ हजार २ सय ७५ र उपमेयर विना वास्तोलाले १ हजार ३ सय ५७ मत ल्याएका छन् ।

भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ।

नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी हुनुभएको छ।उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्र लाछिमस्युले ६९२ र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गर्नुभएको छ । महिला सदस्य छोरी मैयाँ ह्यौमिखा तथा खुला सदस्यद्वयमा जितेन्द्र मुनकर्मी र ज्ञानकुमार मगजु विजयी भएका छन्।

त्यसैगरी सूर्यविनायक नगरपालिका-५ को वडाध्यक्षसहित समूह नै नेकपा(एमाले)ले जितेको छ ।  सार्वजनिक मत परिणामानुसार एमालेका राजकुमार जोशी एक हजार ४८० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण थापाले ८४६ प्राप्त गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा कमला पोखरेल सुवेदी, दलित महिला सदस्यमा गीता बिसुङ्खे तथा खुला सदस्यमा मनोज थापा र वासुदेव पोखरेल विजयी हुनुभएको छ।

सूर्यविनायक-६ का वडाध्यक्षमा भने काँग्रेसका रामेश्वर ध्वजू विजयी हुनुभएको छ। ध्वजूले ४९२ र उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल त्वायनाले २३४ मत प्राप्त गर्नुभएको छ । विजयी हुने सदस्यमा काँग्रेसका तर्फबाट महिला सदस्य रमा गौतम, दलित महिला सदस्य सरला विक, खुला सदस्य राजेन्द्र त्वाती तथा एमालेका सुदाम केसी विजयी हुनुभएको छ।

चाँगुनारायणमा रोकिएको मतगणना शुरु

चाँगुनारायण नगरपालिका वडा नं ३ को स्थगीत भएको मतगणना फेरी शुरु भएको छ ।  मतदान गर्ने स्वस्तिक छापमा भएको निलो रंग फरक  आएको भन्दै गणनास्थलमा विवाद बढेपछि मतगणना स्थगीत गरिएको थियो ।

विवादपछि बसेको सर्वदलिय बैठकपछि निर्वाचन आयोगले मसिले केही फरक पर्दैन भनि भनेपछि रोकिएको मतगणना शुरु भएको हो ।