भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मतले विजयी

2658

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मतले विजयी बनेका छन् । कांग्रेसका उम्मेदवारले ६५ सय ३२ मत ल्याउँदा प्रजापतिले २५ हजार ५ सय ६८ मत ल्याए । यो स्थानीय तह निर्वाचनको अहिलेसम्मको सर्वाधिक बढी मतान्तर हो ।

मेयरका लागि नेकपा एमालेका उम्मेदवार बिष्णु सुवालले ४२१० र नेकपा माओवादी केन्द्रका सत्यलाल मुलले २४८७ मत प्राप्त गरे ।

भक्तपुर नगरपालिकाको उपमेयरमा नेमकिपाकै रजनी जोशीले २५६६० मल ल्याएर बिजयी भइन् ।

यस्तै भक्तपुर नगरपालिका स्थानिय तहको निर्वाचनमा एक यस्तो नगरपालिका बनेको छ जहाँ केवल एकै पार्टीका मात्र सम्पुर्ण उम्मेदवारले विजय हाँसील गरेका छन् । १० वडा रहेको भक्तपुरमा मेयर उपमेयर लगायत १० नै वडा पुर्ण प्यानल नै नेपाल मजदुर किसान पार्टीले जित हाँसील गरेको छ । जुन स्थानिय तह निर्वाचनको एक ईतिहाँस नै सावित भएको छ ।