वडा सदस्य जितेको दुई दिनमै निधन

409

वाकोटको लिखु गाउँपालिका–१ का नवनिर्वाचित वडा सदस्य ठाकुर लामिछानेको निधन भएको छ । खानीगाउँका ४९ वर्षका लामिछानेको हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शनिबार बिहान खानीगाउँस्थित घर नजिक रहेको राम मन्दिरबाट फर्केर घर पुग्ने बित्तिकै उहाँ बेहोस हुनुभएको थियो । त्यसपछि लामिछानेलाई परिवारका सदस्यहरुले उपचारका लागि सदरमुकाम विदुरस्थित सिटी अस्पतालल लगेका थिए ।

घरमा हृदयघात भएका लामिछानेको सदरमुकाम विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा शनिबार दिउँसो झण्डै १ बजे निधन भएको हो । लामिछाने ६ सय २२ मत ल्याएर विजयी हुनुभएको थियो ।

लामिछानेको निधन भएपछि वडा सदस्यको पद रिक्त हुन पुगेको निर्वाचन आयोगमा जानकारी गराइसकिएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताउनुभयो ।