चाँगुनारायण नगरपालिकाको मतगणना अझै सुरु हुन सकेन 

830

भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन।

मत गणनामा बसेका कर्मचारीहरुले नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीलाई आएको मत एमालेका उम्मेदवारलाई चढाएको भन्दै शनिबार कांग्रेस र नेमकिपाले मत गणना बहिस्कार गरेका थिए।

दलहरुले पाएको सदर मतसमेत बदरमा लगेर नगनिएको भन्दै शनिबार सबै मत एउटा कोठामा बन्द गरेर कांग्रेस, नेमकिपा, राप्रपा, माओवादी केन्द्र र नयाँ शक्तिलगायतका दलले सिलबन्दी लगाएका थिए। उनीहरुले चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि नै मत गन्नुपर्ने माग गरेका छन्।