भक्तपुरको नयाँ नगरपालिकामा पहिलो मेयर बने बासुदेव थापा

1183

भक्तपुर । भक्तपुरको २ नयाँ नगरपालिका मध्य एक सुर्यविनायक नगरपालिकाका पहिला मेयर बनेका छन् नेकपा एमालेका बासुदेव थापा । आफ्ना निकटदम प्रतिद्धवन्दी नेपाली काँग्रेसका विष्णुराज कार्कीलाई हराउँदै उनी सुर्यविनायक नगरपालिकाका पहिला मेयर भएका हुन् । एमालेका बाबुदेव थापाले १२ हजार १ सय ३५ मत प्राप्त गरेका छन् भने उनको निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले १० हजार १ सय ७५ मत प्राप्त गरे ।
यस्तै नेकपा एमालेकै जुन बस्नेत आफ्नी निकटदम प्रतिघवन्धी कल्पना राजथलालाई हराउँदै सुर्यविनायक नगरपालिकाकी पहिली उप मेयर भएकी छन् । बस्नेतले १२ हजार ८ सय ३२ मत पाइन भने उनकी निकतमप्रतिद्धन्दी कांग्रेसकी कल्पना राजथलाले ८ हजार ९ सय ७ मत पाएकी थिइन् ।
१० वडा रहेको सुर्यविनायक नगरपालिकामा ७ वटा वडा अध्यक्ष सहित पुरा प्यानल नै सहित सानदार जीत हाँसिल गरेको हो ।
जसमा क्रमश वडा नं १ सानुकाजी कायस्थ, ४ उत्तम थापा, ५ राजकुमार जोशी, ७ रबिन्द्र सापकोटा, ८ किरण थापा, ९ उपेन्द्र क्र सी, १० शिबराम राउत छन् ।
उक्त नगरपालीकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष वडा नं २ कमल नथ आचार्य, ३ शिव शरण खत्री र ६ बाट रामेश्वर धोजु निर्वाचित भएका छन् ।
भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको गढ मानिए पनि सूर्यविनायकमा तेस्रो नम्बरमा परेको छ । नेमकिपाले २ हजार २ सय ८० मत, राप्रपा २ हजार १ सय ६९ मत माओवादीले १ हजार ३ सय ८४ मत ल्याए । त्यस्तै मालेले १ सय ४, नयाँ शक्तिले ९८, ल्याए ।