यि हुन् १०० भन्दा कम मतान्तरले जित्ने भाग्यमानी

655

डोल्पा:  मुड्केचुलामा जम्मा २ मतको फरक 
सबैभन्दा कम मतान्तर अर्थात् २ मतले डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उनले ९३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लंकबहादुर रोकायाले ९३१ मत प्राप्त गरे । सो गाउँपालिकामा कुल मतदाता २,४०४ छन् ।

जुम्ला: हिमा गाउँमा ३ मतको फरक
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार राजबहादुर शाहीले तीन मतन्तरले जितेका छन् । उनले १,३१७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका भैरवबहादुर रोकायाले १,३१४ मत पाएका छन् । सो गाउँपालिकाको मतदाता संख्या ५,१६९ छ ।

डोल्पा:  त्रिपुरासुन्दरीमा १८ मत फरक
नगरपालिका प्रमुखमा एमालेका ओमबहादुर बूढा १८ मतान्तरले विजयी भए । उनले १६०९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका डिलबहादुर विष्टले १५९१ मत प्राप्त गरे ।

सिन्धुली: तीनपाटनमा १९ मतको फरक
सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर थापा १९ मतान्तरले विजयी भए । प्रतिद्वन्द्वी एमालेका छत्रबहादुर दाहालले ५,६८२ मत पाएका छन् भने विजयी थापाले ५,७०१ मत पाएका छन् ।

जाजरकोट: बारेकोटमा १९ मत फरक
गाउँपालिका प्रमुखमा कांग्रेसका महेन्द्रबहादुर शाह १९ मतान्तरले विजयी भए । उनले २१४८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादीका तिलक रावतले २१२९ मत प्राप्त गरे ।

धादिङ: ज्वालामुखीमा २८ मत फरक
धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विनोद तिमल्सिनाले २८ मतअन्तरले जितेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत प्राप्त गरेका छन् । तिमल्सिनाले ५ हजार ९ सय ५४ मत पाएका छन् । कुल जनसंख्या २३ हजार ९६६रहेको उक्त गाउँ पालिकामा जम्मा मतदाता संख्या १७ हजार २९७ छ ।

डोल्पा :छार्का ताङसोङमा २५ मत फरक
गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार सेनाङ गुरुङले ३०७ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका तोता गुरुङले २८२ मत प्राप्त गरे ।

सिन्धुपाल्चोक : सिंखु पाखरमा ३० मत फरक
सिन्धुपाल्चोकको सिंखुपाखर गाउँपालिकामा एमालेका कमल नेपाल ३० मतअन्तरले अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार राजु लामाले २७ सय ३१ मत पाए भने नेपालले २७ सय ६१ मत पाए ।

मुस्ताङ:  घरपझोङमा ३७ मत फरक
गाउँपालिका अध्यक्षमा एमालेका आसबहादुर थकालीले ३७ मतअन्तरले विजय हासिल गरे । उनका प्रतिद्वन्द्वी कांग्रेसका विजय हिराचनले ४ सय १७ मत प्राप्त गरे । थकालीले ४५४ मत प्राप्त गरे ।

मनाङ: चामेमा ४१ मत फरक
चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घलेले २१४ र कांग्रेसका अनिता लामाले १७३ मत पाए ।

म्याग्दी: बेनीमा ४५ मत फरक
म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसका हरिकुमार श्रेष्ठ ४५ मतअन्तरले मेयर पदमा विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका प्रमोद श्रेष्ठले ५६ सय ३४ मत पाए । श्रेष्ठले ५६ सय ७९ मत प्राप्त गरे ।

मुस्ताङ: थासाङमा ५९ मत फरक
थासाङ गाउँपालिका प्रमुखमा कांग्रेसका बुद्धिशेरचनले ७२८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका नविन भट्टचनले ६६९ मत प्राप्त गरे ।

हुम्ला: नाम्खामा ६४ मत फरक
हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका विष्णु लामा अध्यक्ष पदमा ६४ मतअन्तरले विजयी भए । उनले ८ सय ३३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङपाल्जोर लामाले ७ सय ६९ मत प्राप्त गरे ।

ललितपुर: कोन्ज्योसोममा ६६ मत फरक
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गोपी स्याङतान ६६ मतअन्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजन घिमिरेले १७ सय ३२ मत पाए भने स्याङतानले १७ सय ९८ मत प्राप्त गरे ।

गोरखा: चुमनुब्रीमा ६८ मत फरक
गाउँपालिका प्रमुखमा कांग्रेसका धनबहादुर गुरुङ १२५३ र माओवादी केन्द्रका ल्हाक्पा डुन्डुप लामाले ११८५ मत प्राप्त गरे ।

नवलपरासी: देवचुलीमा ६९ मत फरक
नवलपरासीको देवचुली नगरपालिका प्रमुखमा कांग्रेसका पूर्णकुमार श्रेष्ठ ६९ मतअन्तरले विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका हरि न्यौपानेले ८५ सय १० मत पाए भने श्रेष्ठले ८५ सय ७९ मत प्राप्त गरे ।

दैलेख: दुल्लुमा ६९ मत फरक
दैलेखको दुल्लु नगरपालिकाको प्रमुखमा कांग्रेसका घनश्याम भण्डारी ६९ मतअन्तरले विजयी भए । उनले ६३४९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका बरुनाथ योगीले ६२८० मत प्राप्त गरे ।

गोरखा: धार्चेमा ६९ मत फरक
धार्चे गाउँपालिका प्रमुखमा कांग्रेसका सन्तोष गुरुङले १७०७ र नयाँ शक्ति संघीयका लक्ष्मण गुरुङले १६३८ मत प्राप्त गरे ।

मकवानपुर:  बकैयामा ७२ मत फरक
मकवानपुरको बकैया गाउँपालिकामा कांग्रेसका दामोदर खनाल ७२ मतअन्तरले अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी दलबहादुर वाइबाले ४४ सय ७२ मत प्राप्त गरे । खनालले ४५ सय ४४ मत प्राप्त गरे ।

धादिङ:  नेत्रावतीमा ७१ मत फरक
नेत्रावती गाउँपालिका प्रमुखमा एमालेका दुर्गाकुमार शाक्यले १६४४ र कांग्रेसका टेकजंग लामा १५७३ मत प्राप्त गरे ।

स्याङ्जा: अर्जुन चौपारीमा ७८ मत फरक
अर्जुन चौपारी गाउँपालिका प्रमुखमा कांग्रेसका दीर्घनारायण अर्यालले ३३१९ र एमालेका मोहन केसी ३२४१ मत प्राप्त गरे ।

म्याग्दी: मालिकामा ८४ मत फरक
मालिका गाउँपालिका प्रमुखमा कांग्रेसका श्रीप्रसाद रोकाले २७०६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका वेगप्रसाद गर्बुजाले २६२२ मत प्राप्त गरे ।

मनाङ:  नशोङमा ८६ मत फरक
नशोङ गाउँपालिका प्रमुखमा कांग्रेसका चन्द्र घलेले ५८४ र एमालेका मनबहादुर गुरुङले ४९८ मत प्राप्त गरे ।nayapatrika