‘ट्युबलाइट’ को ‘मेकिङ टिजर’ सार्वजनिक

486

काठमाडौं । सलमान खानको चलचित्र ‘ट्युबलाइट’ को ट्रेलर जुलाईमा रिलिज हुँदैछ । तर यसअघि यसको ‘मेकिङ टिजर’ रिलिज गरिएको छ । दर्शकलाई चलचित्रप्रति उत्साहित बनाउन निर्देशक कवीर खानले ट्रेलर अघि मेकिङ ट्रेलर सार्वजनिक गरेका हुन् ।

यो  टिजरमा  सलमान खान निक आकर्षित देखिन्छन् । चलचित्रका अन्य स्टारसँगको सहकार्य पनि निकै गज्जबको देखिएको छ । निर्देशक कवीर खानको यो चलचित्र १९६२ को भारत–चीन युद्धको सेरोफेरोमा आधारित छ । चलचित्रको कथा दुई दाजुभाइको छ जुन निकै भावनात्मक रहेको चर्चा छ ।