राशीफल

455

११ जेठ २०७४, बिहिवार ,औंसी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । मानसिक चिन्ता बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायबाट धन आर्जन हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धन प्राप्ति हुनेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । नेतृत्व क्षमताको विकास हुनेछ । सहयोगीहरूले साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वास बढ्नेछ । अध्ययनमा सुधार हुनेछ । बोलीको प्रभाव बढ्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । – See more at:

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राज्यबाट मानपदवी प्राप्त हुनेछ । पदप्रतिष्ठा वृद्धि हुनेछ । मनोरञ्जनमा रुचि बढ्नेछ । मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रु परास्त हुनेछन् । खर्च वृद्धि हुनेछ । कार्यप्रति स्थायित्व आउनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक अन्योल बढ्नेछ । अधुरा कार्य बन्नेछन् । सामाजिक कार्यमा सहभागिता बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तार्किक क्षमताको विकास हुनेछ । पराक्रम बढ्नेछ । कार्यमा उत्साह बढ्नेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सुधार हुनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक समस्या बढ्नेछ । मानसिक चञ्चलता रहनेछ । स्वास्थ्य सामान्य रहनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।