धनकुटा नगरमा एमाले उम्मेदवारको चयन

405

नेकपा एमाले धनकुटाले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि धनकुटा नगरपालिकामा भाग लिने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।

बुधवार एमालेले एक घोषणा कार्यक्रम गरेर मेयर पदका लागि चिन्तन तामाङसहित नगरका १० ओटा वडाका लागि ५१ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । एमालेले उपमेयरमा शकुन्तला बस्नेतलाई उठाउने भएको छ । साथै, १० वडाका लागि क्रमशः अध्यक्षहरूमा निरेन तामाङ, चन्द्रलाल तामाङ, मुकुन्द भण्डारी (सानो), जमशेर राई, रामबहादुर श्रेष्ठ, तुलसीप्रसाद ढुङ्गाना, जङ्गबहादुर राई, अमृतबहादुर राई, अनिश राई, कमलबहादुर कार्की रहेको एमालले जानकारी दिएको छ ।

कुल ५२ उम्मेदवारहरूमा एक वडामा दलित बस्ती नभएकोले उम्मेदवार नभएको घोषणासभामा जिल्ला अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । ७ ओटा स्थानीय संरचना भएको जिल्लामा धनकुटा सबैभन्दा धेरै १८ हजार १ सय २९ जना मतदाता भएको नगरपालिका हो ।