राशीफल

439
१२ जेठ २०७४, शुक्रवार
प्रतिपदा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयाश गरेको काममा सफलता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको आटेको काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ काममा हात हाल्ने समय आएको छ । । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । घरायसी काममा झमेला आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन । रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ । पुराना समस्या समाधान हुनेछन ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरायसी काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बिग्रिएका सम्बन्ध सुधार्ने मौका मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ । काममा विभिन्न अवसर प्राप्त हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीहरुको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । परिवारसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन अध्यापनमा प्रगति हुनेछ । विशेष योजना गोप्य राख्नुपर्नेछ । साझेदारी ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) तपाइको इमान्दारिताको धेरैले प्रसंसा गर्नेछन । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा राम्रो सफलता हात पार्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नसोचेको काममा सफलता मिल्दा मन खुसि रहनेछ । रोकिएका अधुरा काम बन्नाले काम गर्ने जोश जाँगर बढ्नेछ ।