राष्ट्रिय सहमतिको सरकार गठन गर्न ओलीको प्रस्ताव, प्रचण्डको नेतृत्व स्वीकार गर्ने संकेत

463

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पत्ररकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपतिले बिहीबार आह्वान गरेअनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।

उहाँले नेतृत्वको विषयमा एमाले लचक रहेको भन्दै योग्य व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्न एमाले तयार रहेको उल्लेख गर्नुभयो । ओलीले प्रधानमन्त्रीको विषयमा एमाले लचक रहेको बताउँदै घुमाउरो रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै प्रधानमन्त्री मान्न तयार रहेको संकेत गर्नुभयो ।

‘हामी राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौं, ओलीले भन्नुभयो, ‘जो योग्य र जसलाई सबैले मान्छन्, त्यहि व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ ।’ उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गर्नुभयो ।

मधेश केन्द्रित राजनीतिक दलका माग पूरा भएको र बाँकी असन्तुष्टिलाई चुनावपछि सम्बोधन गर्न सकिने उल्लेख गर्दै उहाँले चुनावमा भाग लिन आग्रह गर्नुभयो ।

उज्यालो