विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

406

सोलुखुम्बु । काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज दुर्घटनामा परि क्याप्टेन पारसकुमार राईको मृत्यु भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करीब २० मिटर तल खसेर विमान दुर्घटना हुँदा गम्भीर घाइते बनेका क्याप्टेन राईको पासाङल्हामु अस्पताल, लुक्लामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनेस्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले बताएको छ ।