रञ्जु दर्शनाका नाममा बुद्धिसागरको खुला पत्र

1809

प्रीय रन्जु दर्शना,
सर्बप्रथम त तिम्रो हिम्मतलाइ सलाम हृदय देखि नै सलाम। माफ पाउ मैले तिमी भनेर सम्बोधन गरे, उमेरको हिसाबले हामी लगभग बराबर जस्तै छौ।
रन्जु,आज म तिम्रो यो मत परिणामले पनि किन यति विघ्न खुसी छु आफैलाइ थाहा छैन। मलाइ लाग्छ म जस्ता सयौ भिड पनि आज खुसी छन होला। खुसी यो अर्थमा कि महानगर भित्र तिमी चाहाने २१ हजार जनता रैछन। थाछ तिमीलाई २१ बर्षमा तिमी २१ हजार महानगरवासीको प्रिय् छौ? बर्षौदेखी पदमा राज गर्दै आएकाहरु सग सिँगौरी खेल्ने साहस लियौ, तिम्रो यो साहस देखेर अत्यन्तै खुसी लागेको छ। मलाइ लाग्छ तिम्रो यो हार तिम्रो लागि र हाम्रो लागि हार होइन। यस्ता खेलहरु तिम्ले अझ धेरै खेल्नु छ र खेल्ने छौ पनि। अनि नि थाह छ तिमीलाई? वास्तविक हार त त्यो हुने थियो मैदानमा उभिएपछी खेल पूरा नगरी तिमी निस्किएकी थियौ भने, अनि अझ एकपटक असफल भएर फेरि अर्को पटक मैदानमा आउने हिम्मत गरिनौ भने।
रन्जु, तिमिले त पटक पटक भन्दै आएकि थियौ, `यो मेरो राजनीति हैन, निस्वार्थ समाज सेवा हो´ भनेर। वाह! म मान्छु, सम्मान गर्छु तिम्रो यो बिचारलाइ। त्यसैले त बिस्वास गर्छु यो पहिलो असफलताले तिमी खुट्टा कमाउने छैनौ, डगमगाउने छैनौ। तिमीमा अझ उर्जा थपियोस्। यसपाली काठमाण्डौंले पत्याएन त के भयो काठमाडौंले जस्लाई पत्यायो उसलाई साथ देउ। आशा छ आगामी दिन पूरा देश लाग्नेछ तिम्रो लागि। तर तिम्रा सेवा गर्ने हात नथाकोस्; प्रगतिमा दौडिने पैतालाहरु नरोकियोस्। दौडिराखोस् निरन्तर।
तिमीलाइ थाहै होला रन्जु महाकवि लक्ष्मी प्रसाद देबकोटाले, `जनताको सेवा गर्न पद चाहिदैन´ भनेर शिक्षा मन्त्री पद त्यागेको। तिमीलाइ मैले यो सुनाउनु पनि युक्तिसंगत नहोला म भन्दा सयौ गुणा बढी ईतिहास बुझेकी छौ पढेकी छौ। नेपालको राजनैतिक ईतिहासमा भिमसेन थापाको हार, पृथ्वीनारायण शाहको हार, राणाहरुको हार, बि.पि., गणेशमान र पुष्पलालहरुको हार। पछिल्लो पटक सत्र सत्र पटक हारेका रामचन्द्रको हार। अहिले सत्तामा बसेका राजनैतिक दलहरु र सत्ता बाहिरका दलहरुको हार मलाइ भन्दा अझ बढी तिमीलाइ नै थाहा होला। जर्मनमा १३ पटकसम्म राष्ट्रापतीको चुनाबमा हारेका मेरेला थिए तर पछि हटेनन् नियमले दिएसम्म लडिरहे र अन्ततोगत्वा राष्ट्रपती बनेरै छाडे। पछिल्लो पटक अमेरिकाको राष्ट्रपतिको चुनाबमा हेलारी र ट्रम्पको प्रतिस्पर्धामा हेलारीको हार। त्यो कुरा यो तुच्छ जीवनले तिमिलाइ बताउँदा मलाई सर्म लाग्छ। तिमी आफैलाइ थाहा होला बिश्वले ट्रम्प र हेलारी मध्ये कसलाइ बढी मान्छन् भनेर। अजिङ्गरको गुडभित्र गएर अजिङ्गर सग सामना गर्यौ म त त्यसैलाइ तिम्रो जित मान्छु। जन्मेदेखि काठमाण्डौंको फोहोरमा हुर्कियौ, धुलोधुवासंग जुधिरह्यौ। त्यही बागमती र विष्णुमती देख्दा नाक छोप्दै हिडेकी तिमी: सुन्दर शहर बनाउने सपना देख्यौ त के गल्ती गरेउ के अब यतिकै तिम्रो उर्जा तिम्रो सपनालाई मारिदिने त? अह तिमी त्यसो गर्न सक्दैनौ। हो तिमीसंग अनुभव थिएन; तर युवा दिमागले सुन्दर बनाउने हजार सपना बुनेका थिए होलान्। तर अब खारिएका अग्रजहरुका हात समातेर फेरि पनि लम्किने छौ र लम्किनुपर्छ।
रन्जु, मलाई थाहा छ सायद तिमी मलाइ चिन्दिनौ र यो पत्र पढेपछि को हो भनेर जान्न खोजौली। थाहा छ तिमिलाई म बिगत ३ बर्षदेखी तिम्रा गतिविधीसंग नजिकिदै आएको थिए? २०७२ सालको महाभुकम्पमा टिचिङ अस्पतालमा घाइतेहरुको उपचारमा तिमिसगै म पनि थिए। तिम्रो खटाईलाई त्यही बेलामा यो मनले सलाम गर्‍यो। हाम्रो भोकले आन्द्रा बटारिदा पनि तिमीलाई भोक लागेन। हाम्रा कुमहरु धेरै पटक ठोकिए, तर पनि हामी अपरिचित नै रह्यौ। डाक्टर गोबिन्द केसिको समर्थनमा माइतीघर मण्डला अगाडि घरी मुर्दाबाद घरी जिन्दावाद भन्दै नारा लगाउनेमा तिमिसगै म पनि सामेल थिए। हाम्रा हातहरु संगसंगै मुठ्ठी बटारिएर उचालिन्थे। तिम्रो जोसलाई त्यहा पनि यो मनले सलाम गर्‍यो। त्यँहा त झन तिमीले मलाइ चिन्ने सम्भावना नै थिएन। तिलगंगानेर बागमतीमा तिमीसंगै बोरामा फोहोर उठाउनेमा म पनि थिए। हामी एउटै बोरामा फोहोर उठाउँथेउ। त्यो फोहोरलाई कत्ती पनि घिन नमानी उठाएको देख्दा त्यहा पनि तिमीलाई यो मनले सलाम गर्‍यो। म तिमीलाई माक्सले छोपिए पनि प्रष्ट चिन्थे। मलाई त तिमीले चिन्ने कुरै थिएन। हिजोआज प्रत्येकदिन तिम्रा अन्तर्वार्ता र तिमीसंग सम्बन्धित भिडियोहरु हेर्छु। क्या उर्जावान छन। अहिले म परदेशिएको छु नत्र अस्तिसम्म सभागृह र भृकुटीमण्डप बाट तिम्रै आसपास हुदै `रन्जु दर्शना हाइ हाइ´ भन्दै महानगर भरी नारा लगाउनेमा म पनि हुनेथिए। आज तिमी दुख मन गर्दै छौ होलि तर मलाई तिम्ले संसार नै जिते झै लागिराको छ।
रन्जु, म आफुलाई तिमीसंग दाजेर हेर्छु, पहिले त माईकमा बोल्नै डर लाग्छ मन्चमा माइक समात्ने बित्तिकै मेरा हातखुट्टा लगलग काम्न थाल्छन, जिब्रो लरखराउन थाल्छ, घोसे मुन्टो लगाएर भागवतमा गुरुबाले संस्कृत मन्त्र पढेको झै छिटो छिटो एकैसासमा सकिदिन्छु। तर तिमी, तिम्रो कला अनि तिम्रो साहस, फेरि पनि हृदयदेखी नै सलाम छ तिमीलाइ।
मलाइ तिम्रो दलको सिद्धान्त थाहा छैन। तिम्रो दलको अरु पदाधिकारीको बारेमा पनि थाहा छैन म त तिम्रो यो उमेरमा त्यो साहस अनि समाजप्रतीको अहोरात्र खटिएर सेवा गेरेको देखेर मात्रै प्रभावित भएको हु। लाग्छ पक्कै पनि तिम्रा योजना घातक छैनन् र हुने छैनन्।
आशा छ आगामी दिनहरुमा पनि समाज सेवाको लागि पृथक काम गर्न पछि पर्नेछैनौ, तिम्रो सपना काठमाडौंमा मात्रै झिलीमिलि हैन देशका दुरदराज सम्म झिलिमिली पार्ने सम्म पुगोस्। यो झिनो असफलताले शिर झुकाउने छैनौ। साथमा शुभकामना तिमिलाइ। मलाई थाहा छैन यो पत्र तिमीले पाउली या नपाउली, पाएर पनि पढौली या नपढौली अझ भनम पढ्ने फुर्सद होला या नहोला तर यति लेख्ने दुष्साहस गरे। माफ पाउ।
उहीँ तिम्रो डाइ हर्ट फ्यान
बुद्धिसागर