सिजनल विद्यालय

644

भक्तपुर । विद्यार्थी त रहिन्छन् नि सर खासै ।
भट्टाको सिजनमा भए अलि हुन्थे आजकाल छैनन् ।
संधै यस्तै हो सर विद्यालयमा विद्यार्थी ?
अँ यस्तै हो म २०४० साल देखि नै अध्यापन गराउँदै आएको छु ज्यादामा २५ ,२६ जना हुन्छन् यहाँ विद्यार्थी ।
नियमित आउने हुन् र यी ।
हैन कहाँ आउनु नियमित यतिका १५ देखि २० नियमित आउँछन् अरु यस्तै हुन् रजिस्टर २६ छन् ।
अनि भट्टा हुँदा चाँहि कहाँ वाट आउँछन् ।
आउँछन् ईटा पार्नेका वालवालिका ३ ४ महिना त्यती वेला अलि विद्यार्थी भए जस्तो हुन्छ ३०, ४० जना आउँछन् अरु वेला यस्तै हो । खाली खाली ।
किन त सर यस्तो ।
खै सरकारी भएर हो कि कसैले विश्वासै गर्दैनन ।
यो संवाद भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं आठ आशापुरी प्राथमिक विद्यालयका प्रअ गणेशलाल ख्याजु सँग गरिएको हो ।
उनका अनुृसार विद्यालयमा हाल २६ जना विद्यार्थी रहेका छन् जो नियमित विद्यालय त आउन्नन् तथापी विद्यालय भने २०४० साल देखि नै यस्तै अवस्थामा चलि रहेको छ ।
चार जना शिक्षक रहेको उक्त विद्यालयमा ईसिडिमा ६ जना युकेजीमा ५ जना , कक्षा एकमा ६ जना, कक्षा २ मा ६ जना , कक्षा तीनमा शुन्य विद्यार्थी , कक्षा ४ मा २ जना र कक्षा ५ मा १ जना विद्यार्थी भर्न भएका ख्याजुले जानकारी दिए ।
उनका अनुसार ईटा उद्योग चल्दा आफ्नो विद्यालय पनि चल्ने गरेको नत्र खासै विद्यार्थी संख्या नभएका कारण आफ्नो विद्यालय सिजनल विद्यालय जस्तो भएको उनले वताए ।
सुर्यविनायक नगरपालिका वडा नं ८ लाई हालै स म्पन्न निर्वाचनमा वडा अध्यक्ष सम्म दिन सफल यस विद्यालयको हालत भने जिर्ण वन्दै गएको ख्याजुले स्वीकारे ।