‘रणभूमि’ बन्यो भरतपुर मतगणनास्थल : मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित

446
चितवन। भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा आइतबार मध्यरात गणनास्थलमै मतपत्र च्यातिएपछि मतगणना रोकिएको छ।
दुई वटा वडा १९ र २० को मात्रै गणना बाँकी रहेको थियो। १९ वडाको ७५ प्रतिशत जति मत गणना भइसक्दा मेयरमा एमालेका देवी ज्ञवालीसँगको मतअन्तर माओवादी-कांग्रेस गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले घटाउँदै लगे पनि करिब ७ सयको मतान्तर कायम रहेको अवस्थामा विवाद भएको थियो। विवादकै क्रममा मतपत्र च्यातिएको थियो।
ज्ञवालीले मतगणना भइरहेको बेलामा मतपरिणाम एमालेको पक्षमा आइरहेको अवस्थामा माओवादी केन्द्रका एजेन्ट प्रकाश कँडेल, दीलिप, मधु न्यौपाने लगायतका व्यक्तिहरुले मतपत्र च्यातेको आरोप लगाए। ‘सुनियोजित ढंगले मतपत्र च्यात्न लगाइयो’, उनले भने, ‘निर्वाचनमा हार हुँदै गएपछि मतपत्र च्यात्न लगाएर लोकतान्त्रिक अभ्यास र प्रणालीलाई तोड्ने एउटा दुःखद, घृणास्पद र लज्जास्पद क्रियाकलाप सत्तारुढ पार्टीका कार्यकर्ताद्वारा हुन गएको छ।’
तर मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले भने आफू बाथरुमतर्फ गएर फर्कने क्रममा मतगणना स्थल रणभूमिको अवस्थामा देखेकोले कसले च्यातेको भन्न सक्ने स्थितिमा नरहेको सञ्चारकर्मीहरुलाई बताए।
उनले आफूले निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गरी निर्वाचन आयोगलाई यसबारे प्रतिवेदन दिने बताए।
मतगणना रोकिनुअघिको आधिकारिक मतपरिणाम यस्तो थियो
बिजमाण्डू