सुडालमा एमालेको प्यानलै विजयी

1386

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ८ सुडालमा वडा अध्यक्ष सहित पुरै प्यानल नै नेकपा एमाले विजयी भएको छ । एमालेका तर्फवाट उम्मेदवार परासर सापकोटा आफ्ना निकटदम प्रतिदवन्दी कुवेर खत्रीलाई पराजित गदै बिजयी भएका हुन् ।
उनले १ हजार १ सय ९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपाका कुबेर खत्रीले ९ सय ३३ मत ल्याएका छन ।
उक्त वडामा एमालेका उम्मेदवारहरु सदस्यमा नरेन्द्र बहादुर श्रेष्ठ, सत्यराम सतेजु, महिला सदस्यमा कष्णा प्यारी थापा कार्की र दलित महिला सदस्यमा भगवती परियार निर्वा्चित भएका छन् ।

यस्तै वडामा तेस्रो नेपाली काँग्रसका जनक खत्री भएका छन् उनले ९सय १५ मत ल्याएका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार गणेश दुलाल भने चौथो भएका छन् उनले ४ सय ४९ मत ल्याए । यस्तै माओवादीले १ सय २९ मत ल्याए भने मसालको २० मत आएको थियो ।