निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना : सुन्दरबस्ती टोल सुधार समिति

1435

विकासदेव लामा
भक्तपुर । सुन्दरबस्ती टोल सुधार समिति, भक्तपुरले हालै सम्पन्न स्थानिय निकाय निर्वाचनमा सुर्यविनायक नगरपालिका वडा नं ६ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रम आयोजना गरि बधाई तथा शुभकामना दिएको छ ।
यस वडामा नेपाली कांग्रेसका रामेश्वर ध्वजु वडा अध्यक्षमा निर्र्वािचत भएका हुन् । उनले अब आफु कुनै पार्टिको ब्यक्ति नभई सबैको साझा ब्यक्ती भएको र आफ्नो वडालाई नमुना वडा बनाउनको लागि सम्पुर्ण वडाबासिको सहकार्यको आवश्यकता रहेको बताए । समितिका अध्यक्ष चन्द्र राज खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु वाई एस एस डब्लूका अध्यक्ष तुलसी कुमार त्वयना, समिती सदस्य मन्जुदेवी कार्की, क्षेत्र कार्की,तुलसी भक्त त्वयना लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रम संयोजक विजया सुबेदिले स्वागत मन्तव्य राखेका थिए ।