उदयपुर वन कार्यालयका प्रमुखकाे गैरकानुनी धन्दा : ब्यवसायीसंग मिलेर मालामाल बनिने दाउ

465

उदयपुर । जिल्ला वन कार्यालय उदयपुरका प्रमुखले काठ ब्यवसायीसंगको मिलेमतोमा गैरकानुनी रुपमा रातारात काठ लोड गराई निकासी गर्दै आएको छ । साविक रामपुरठोक्सिला, तपेश्वरी गाबिस अन्तर्गतका राष्ट्रिय वनमा आर्थिक वर्ष ०७२÷०७३ मा संकलन गरेका मध्ये २ हजार ३ सय सेफटी सखुवाको काठ जिल्ला वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद भण्डारीको आदेशमा रातारात कर्मचारीलाई जबरजस्ती टाँचा लगाउन लगाई गैर कानुनी रुपमा सिल गर्न लगाएर राती १ बजे ३ ट्रक काठ लोड गरि बिना छुट पुर्जि निकासी गरिएको एक कर्मचारीले बताए ।

जिल्ला वन प्रमुख भण्डारीले सप्तरीस्थित छिन्नमस्ता काठ उद्योगका दुर्गानन्द यादबलाई बिना पुर्जि काठ लोड गरि पठाएको हो । कर्मचारीहरुका अनुसार काठ ब्यवसायी यादब वन कार्यालयका सेवा निबृत सहायक वन अधिकृत रहेको जानकारी दिए ।वन अधिकृत भण्डारी र यादब बिच सुर्खेत देखि नै काठ ब्यवसायमा संयुक्त रुपमा लगानी गर्दै आएको कर्मचारीहरु बताउँछन । कार्यालय प्रमुखको संयुक्त लगानी भएकाले पनि बिना आधार र बिना प्रक्रिया पु¥याई काठ रातारात जबरजस्ती कर्मचारीहरुलाई टाँचा लगाउन लगाई सिल गर्न दबाब दिएका थिए ।

 

कानुनी रुपमा साँझ ६ बजेपछि वनसंग सम्बन्धित कुनै पनि काम गर्न नहुने ब्यवस्था रहेको सेक्टर वन कार्यालय सुन्दरपुरका उपसचिव शंकर गुप्ताले जानकारी दिए । उनले भने कुनै एक ब्यक्तिको ब्यत्तिगत स्वार्थका लागि दबाबमा काम गर्नु परेको खुलासा गरेका थिए ।तर उनले कसको दबाब भनेर चाहि खुलाउन चाहेनन् उनले भने बिमाका मुचुल्का नबन्दै जबरजस्ती राती नै टाँचा लगाउन लगाई ट्रकमा काठ लोड गराई सिल गर्न आदेश आएको स्पष्ट पारेका थिए ।

माथिबाट अख्तियारका मानिसहरु पैसा लिएर आएको छ । होसियार भन्दै दबाब दिएर सिल गर्न लगाएको एक कर्मचारीले दुखेको पोख्दै भने । काठ ब्यवसायसंगको मिलेमतोले गर्दा कर्मचारीहरुलाई अबैध रुपमा जबरजस्ती काम गर्न लगाएको हो । कार्यालय प्रमुखले काठ ब्यवसायसंगको कमिशनका कारण रातारात अबैध तरिकाले काठ लोड गरि लैजाने गरेको कर्मचारीको भनाई रहेको छ ।

कार्यालय प्रमुख भण्डारीले १६ जेठमा घाटगद्दी रहेको काठलाई टाँचा लगाउने आदेश दिएको थियो । सेक्टर वन कार्यालयले आवश्यक प्रक्रिया पुरा गरेर ल्याउन काठ ब्यवसायी यादबलाई आग्रह गरेको थियो । तर भोली पल्ट १७ गते ३ बजेतिर घाटगद्दीमा नै ब्यवसायी आएर धम्क्याउन थाबलेका र कार्यालयले समेत कडा रुपमा आदेश गरेकाले हामी बाध्य भएर रातारात टाँचा र सिल गर्नु परेको कर्मचारीहरु बताउँछन ।

जिल्ला वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद भण्डारीले भने काठ लोड गरेका ९० प्रतिशत ट्रक राती हिड्ने भएकाले वनका कर्मचारी पनि रासन आएका कर्मचारी भएकाले हामी २४ घण्टे सेवा दिने कर्मचारी भित्र पर्ने भएकाले सेवाग्राहीलाई सेवा दिने क्रममा राती पनि सेवा दिनु पर्ने भएकाले राती सेवा मात्र दिएको हो अन्यथा केही होइन । उनले भने सरकारी कारोबार ब्याकिन हाइटमा हुन्छ । हाम्रो कागज बोल्ने भएकाले सबै कानुन सम्बत नै रहेको जानकारी दिए । वन भनेको सबैको साझा भएकाले यसमा सबैले चासो राखिन दिन पनि आग्रह गरेका थिए । उनले सेवाग्राहीलाई सेवा दिदा गलत आरोप लगाएको स्पष्ट पारेका थिए ।purbelinews