कांग्रेस सभापति देउवाका पक्षमा करिब दुई तिहाई सांसद्

436

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्रीका उमेदवार शेरबहादुर देउवाका पक्षमा करिब दुई तिहाई सांसद् देखिएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, राप्रपा, संघीय समाजवादी फोरम, नेकपा संयुक्त, केही साना दलका करिब ३८८ सांसद् उनको पक्षमा देखिएका छन् ।
संसद्मा हाल कायम रहेको संख्याको दुई तिहाई ३९६ हुन आउँछ । केही साना दल अझै कसको पक्षमा भनेर खुलिसकेका छैनन् ।
विपक्षी नेकपा एमालेका पक्षमा नेकपा एमाले, नेकपा माले, नेमकिपा, राजमो लगायतका दल रहेका छन् ।  नेकपा एमालेका शीर्ष नेताको आग्रहअनुसार प्रधानमन्त्रीको निर्वाचन मंगलबारसम्म स्थगित गरिएको छ ।
आइतबार नै प्रधानमन्त्री चयन गरिने बताइएको भए पनि नेकपा एमालेले दुई दिन स्थगित गर्न माग गरेपछि मंगलबारसम्म स्थगित गरिएको हो ।