भोलि शेरबहादुर देउवा प्रधानमन्त्री

334

काठमाडौं । नेकपा एमालेले मंगलबार व्यवस्थापिका संसद्को बैठक सुचारु गर्ने भएको छ ।
सोमबार सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा मंगलबार संसद् सुचारु गर्ने सहमति भएको नेकपा एमालेका नेता झलनाथ खनालले जानकारी दिए ।
“पहिलो चरणमा सबैले आफ्ना कुराहरु राख्छन्,” उनले भने, “दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुन्छ । एमालेले विपक्षमा नै मतदान गर्छ । हामीले सरकारको राम्रो कामलाई समर्थन गर्छौं । भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।”  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिपक्षले सदन खोल्न तयार रहेको बताए ।  उनका अनुसार प्रमुख दलका शीर्ष नेताले पहिले सम्बोधन गर्नेछन् ।