सरकार परिवर्तनले पनि सकारात्मक भएन नेप्से

420

काठमाडौंः बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । यो दिन नेप्से १४.२४ अंकले घटेर परिसूचक १६२३.१३ अंकमा पुगेको छ ।

यो दिन १४९ कम्पनीको १२ लाख ७९ हजार कित्ता सेयर ७६ करोड ४७ लाख ३६ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८८ अंकले तल झरेको छ ।

कारोबार अवधिमा उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ । कारोबारमा बैंकिङ समूहको परिसूचक १२.८४, होटेल ४०.२३, विकास बैंक १८.२७, जलविद्यूतक १९.१५, वित्त १.५९, बिमा ११५.७८ र अन्य समूहको परिसूचक शून्य दशमलव २९ अंकले ओरालो लागेको छ ।

नेप्सेमा सबै समूहको परिसूचक ओरालो लाग्दा स्टान्र्डर चार्टर बैंकको नौ करोड ४१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै सनराइज बैंकको चारा करोड ६३ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।