चाँगुनारायण नगर कार्यपालिकामा एमाले विजयी

1097

भक्तपुर- चाँगुनारायण नगर कार्यपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचनमा नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा एमालेको पूरै टोली विजयी भएको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले बताउनुभयो । दुर्गा थापा लामिछाने, इन्द्रमाया तामाङ, सपना तामाङ, कृष्णप्यारी थापा, रमा थापा, सरुना परियार, कुमार अछामी र शर्मिला बयलकोटी नगर कार्यपालिकामा निर्वाचित हुनुभएको छ ।

निर्वाचित महिला, दलित वा अल्पसङ्ख्यक सदस्यलाई आजै शपथग्रहणसँगै प्रमाणपत्र वितरण गरियो ।