भक्तपुरका मनिषको चार जीपीए

1775
काठमाडौं । शुक्रबार सार्वजनिक एसईई परीक्षामा भक्तपुरका मनिष चौलागाई चार जीपीए ल्याउन सफल भएका छन् । महेन्द्र विद्या आश्रम सेकेण्डरी वोर्डिर्ग स्कुल बाराहीस्थान भक्तपुरबाट परीक्षामा सहभागी उनले सवै विषयमा ए प्लस ल्याउन सफल भएका हुन् । विद्यालयका प्रिन्सिपल महेन्द्र मास्केले यसअघि पनि टप टेनभित्र आफना विद्यार्थी आउन सफल भएको भन्दै यसपटक पनि आफना विद्यार्थी टप फष्ट भएको दावी गरे । यसअघि बुटवलका आदर्श पाण्डेले पनि चार जीपीए ल्याउन सफल भएको सार्वजनिक भएको थियो । दुवैले आफूहरु नेपाल टप भएको बताएका छन् । यद्यपि अहिले नेपाल टपको घोषणा गर्ने चलन हटिसकेको छ ।