असार १४ गतेपछि राजपाको समर्थन फिर्ता लिने : नेता त्रिपाठी

328

परासी । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का वरिष्ठ नेता ह््दयश त्रिपाठीले असार १४ लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता हुने बताउनु भएको छ । प्रचण्डहुँदै देउवा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन नहँुदा चुनाव वहिष्कार गर्नुपरेको बताउँदै नेता त्रिपाठीले समर्थन फिर्तापछि सरकार संकटमा पर्ने बताउनु भयो ।

आज नवलपरासीको बेलाटारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता त्रिपाठीले सरकारले घेराबन्दी गरेर राजपालाई एक्लाएको दुखेसो गर्नुभयो । एकलो बनाइएको राजपाले अब सरकारलाई समर्थन गर्नु कुनै जरुरी नभएको भन्दै समर्थन फिर्ताका लागि संसदिय दलमा जानकारी दिने लगायतका प्रकृयाहरु सुरु भइसकेकाको बताउनुभयो ।

असोज २ पछि मुलुकमा गंभिर संकट आउने भन्दै २ नम्बर प्रदेशको चुनाव सफल नहुनेमा उहाँले दाबी गर्नुभयो । प्रदेश नम्बर ५ मा जस्तो जर्वजस्ती चुनाव गराउन नसक्ने ठोकुवा गर्दै नेता त्रिपाठीले सरकार असफल भएपछि त्यहीबाट असोज ३ गते आन्दोलन गरिने बताउनुभयो । प्रदेश नम्बर ५ को थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर निर्वाचन गराउन थालेको भन्दै नेता त्रिपाठीले राजपासँग आतंकित नहुन सरकारलाई आग्रह गर्नुभयो ।

राजपाका नेता ह््दयश त्रिपाठीले प्रदेश नम्बर ५ का रुपन्देही र कपिल्वस्तुमा राजपाका नेता नभई गाउँका कार्यकर्ताहरु चुनावमा सहभागी भएको भन्दै त्यो पार्टीको सहमतिमा भने नभएको दाबी गर्नुभयो । नवलपरासीबाट राजपाका कुनै पनि नेता र कार्यकर्ताहरु चुनावमा भाग नलिएको उहाँले बताउनुभयो । दुई जिल्लाबाट ४ जना जिल्ला स्तरका नेताहरु चुनावमा आफूखुसी सहभागि भएकालेले उनीहरुको कारबाही प्रकृया अघि बढेको नेता त्रिपाठीले बताउनुभयो ।